भैरहवा । नेवा खल: सिद्धार्थनगरको नव निर्वार्चित कार्यसमितिको पदस्थापन कार्यक्रम भैरहवामा शनिवार सम्पन्न भएको छ ।
खलका अध्यक्ष चन्द्र प्रकास श्रेष्ठको अध्यक्षता तथा संस्थापक सदस्य तथा पुर्व अध्यक्ष कृष्ण प्रसाद द्ववाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा बोल्दै प्रमुख अतिथि द्ववाले नेवारी संस्कृति जोगाउनको लागि नेवारी युवा पुस्तालाई नेवा खल:प्रति आर्कर्षित गर्नुपर्ने बताए । कार्यक्रममा निवर्तमान अध्यक्ष राम बहादुर श्रेष्ठ, पुर्व अध्यक्ष विजय गोविन्द श्रेष्ठ, साहित्यकार वनमाली निराकार, भैरहवा मर्निङ्गवाक समुहका अध्यक्ष ओमकार गौचन, सिद्धार्थ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ठाकुर कुमार श्रेष्ठ, लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश केशी लगायतले बोल्दै नेवा खल नेवार लगायत सम्पुर्ण नेपाली संस्कृतिको पहिचान भएकोले यसको संरक्षण गर्ने दायित्व सबैको भएको बताए ।
सो अवसरमा विजय गोविन्द श्रेष्ठले नेवा खलको ईतिहासका बारेमा जानकारी गराएका थिए । सो अवसरमा बोल्दै नव निर्वार्चित अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठले खलको गरिमालाई उचो पार्ने गरी काम गर्ने प्रतिवद्धता जनाए । विजय नारायण श्रेष्ठको संचालनमा सम्पन्न कार्यक्रममा नेवारी समुदायका विभिन्न संघसंस्थामा उच्च पद धारण गरेका व्यक्तीहरुलाई सम्मान व्यक्त गरेका थिए । नेवा खलः सिद्धार्थनगरको २१औं वार्षिक साधारण सभा तथा १७औं अधिवेशनबाट चन्द्र प्रकाश श्रेष्ठको अध्यक्षतामा नया कार्यसमिति चयन भएको थियो ।