Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

भारतीय ब्राण्डको फ्रेन्चाइज रेष्टुरेण्ट भैरहवामा


  • लुम्बिनी चिन्तन
  • माघ २७, २०७७ मंगलवार
  • 1.1K
    SHARES

भारतीय ब्राण्डको फ्रेन्चाइज रेष्टुरेण्ट भैरहवामा

भैरहवा। भैरहवामा भारतिय ब्रान्ड युएस पिज्जा एण्ड फ्राइड चिकनको फ्रेन्चाइज शाखा खुलेको छ ।
भारतका विभिन्न प्रमुख शहरहरुमा सेवा दिइरहेको युएसपिइसीले नेपालमा पहिलो पटक शाखा खुलेको हो ।
निर्माणाधिन अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गर्दै स्थानीय माझ नयाँ स्वादको परिकार पस्किन यूवा व्यवसायी पंकज जयसवालले विदेशी स्वाद नेपाल भित्र्याएका हुन ।
५० लाखको एकल लगानीमा जयसवालले अमेरिकन र इटालियन परिकार सबैले खान सक्ने गरी स्वास्थ्य र सस्तोमा उपलब्ध गराउने दाबी गरे ।
अन्तराष्ट्रिय कम्पनिका मसलाहरुको प्रयोग गरी ताजा र स्वच्छ चिकन फ्राइ, शाकाहरी तथा मांसाहरि पिज्जा, बर्गर, स्याण्डविच, बिरियानी, पास्ता, मोक्टेल लगायतका परिकार न्युन्तम सबैले किन्न सक्ने मूलयमै उपलब्ध हुने संचालक जयसवालले बताए ।
उनले विशेष छुटका साथ १६५ रुपैयामा २ वटा बर्गर, ८९ रुपैयामै पिज्जा सहित सबै परिकारमा विशेष अफर ल्याएको बताउँदै खाद्य वस्तुमा कुनै पनि सम्झौता नगरी अर्डर गरेको केही मिनेटमै परिकार उपलब्ध हुने बताए। 
विमानस्थल सञ्चालनमा आएसँगै विदेशी पाहुनाहरुको स्वाद उनीहरुका साथै स्थानीयलाई पनि दिने उद्देश्यले भैरहवामै शाखा सञ्चालन गरेको युएसपिएफसीले जनाएको छ । 
९ जनालाई प्रत्यक्ष रोजगारी दिएको युएसपिएफसीले आगामी दिनमा चिजी मोमो, होम डेलिभरी सेवा, बेकरी, आइसक्रिम, कफीशप समेत ल्याउने योजना रहेको जनाएको छ ।


लुम्बिनी चिन्तन

थप समाचार