Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

कोरोना महामारीको समयमा सक्रिय सेवा गर्ने सम्मानित (फाेटाेफिचर सहित)


  • लुम्बिनी चिन्तन
  • चैत्र २, २०७७ सोमवार
  • 1.4K
    SHARES

कोरोना महामारीको समयमा सक्रिय सेवा गर्ने सम्मानित (फाेटाेफिचर सहित)

भैरहवा । नेपाल भारत अवध मैत्री समाज रुपन्देहीले नेपाल भारत सिमा क्षेत्रमा रहेर कोरोना महामारीको समयमा सहयोग गर्ने संस्था तथा व्यक्ति हरुलाई सम्मान गरेको छ ।
समाजले भैरहवामा एक कार्यक्रमका बीच कोरोनाको समयमा सिमा क्षेत्रमा अलपत्र नागरिकको उद्धार तथा व्यवस्थापनमा निस्वार्थ रुपमा खटिएको भन्दै  नेपाल भारतका गरी दुई दर्जन बढी संघसंस्था तथा व्यक्तिहरुलाई सम्मान गरेको समाजका अध्यक्ष अजय कुमार गुप्ताले बताए ।
यसरी सम्मानित हुनेमा सरकारी कार्यालयदेखि, सुरक्षा निकाय, प्रदेशसभा सदस्य समेत रहेका छन् ।

collage 2.jpg
कोरोना संक्रमण तिब्र रुपमा फैलिरहेको अवस्थामा संक्रमितको उपचार,आईसुलेशन संचालन, क्वारेन्टिन व्यवस्थापन, राहत वितरण लगायतमा निशुल्क सेवा गरेपावत सिद्धार्थनगर नगरपालिका, मायादेवी गाउंपालिका,लुम्बिनी प्रदेशसभा सदस्य सन्तोष पाण्डे, भिम अस्पताल भैरहवा, युसिएमएस भैरहवा, सिद्धार्थनगर सिटी हस्पिटल, नेपाल रेडक्रस सोसाइटी, एम्बुलेन्स चालक संघ, जिल्ला प्रहरी कार्यालय रुपन्देही, शसस्त्र प्रहरी वल, नेपाली सेना लगायतलाई प्रसंशापत्र सहित सम्मान गरिएको छ ।

collage 4.jpg
यस्तै आफ्नो कलेजको भवन क्वारेन्टिन व्यवस्थापनका लागि उपलब्ध गराउने प्रतिमान नीमा स्मृति प्रतिष्ठान, होटल ग्यालेक्सी, आंखाको स्वास्थ्यमा जनतालाई निरन्तर सेवा उपलब्ध गराउने श्री रण अम्बिका शाह आंखा अस्पताल, लायन्स ३२५ विटु नेपाल लगायत विभिन्न लायन्स, रोटरी क्लब,लुम्बिनी ईटटा उद्योग व्यवसायी संघ, सिद्धार्थ उद्योग वाणिज्य संघ, उद्योग व्यापार संगठन, लुम्बिनी प्रेस क्लब, भैरहवा एजेन्ट संघ,बैंकर्स एशोसियशन अफ सिद्धार्थनगर, मारवाडि युवा मञ्च, वेलहिया युवा सामाजिक अभियान्ता समुह,नयां गाउं रानीगाउं युवा समाज,होटल यात्रीलगायतका संघसस्थालाई सम्मान प्रदान गरिएको थियो ।

collage 3.jpg
यस्तै कोरोना संक्रमण व्यक्तिलाई आफ्नै सवारी प्रयोग गरेर निशुल्क रुपमा अस्पताल सम्म  पुरयाउने जोखिमपुर्ण काममा सहयोग गरेको भन्दै भैरहवाका युवा मंगल भण्डारीलाई सम्मान गरिएको छ । यसरी सम्मानित हुनेमा भुख अभियान्ता अजय गुप्ता, भारत स्थित उद्योग व्यापार मण्डल, सुनौली आर्दश नगरपालिका, भारतीय सुरक्षाकर्मी लगायतलाई सिमामा अलपत्र परेका नेपाली नागरिकको उद्धारमा खटिएको भन्दै सम्मान प्रदान गरिएको छ ।

त्यसतै समाजकाे कार्यक्रममा मिडियाकाे माध्यमबाट सहयाेग गर्ने भैरहवा संचार गृह प्रा.लि र समाजकाे कुनै पनि कार्यक्रमलाइ सफल बनाउन हाेटलकाे माध्यमबाट विशेष भुमिका खेल्ने बाेधी रेडसनलाइ समेत सम्मान गरिएकाे थियाे ।  त्यस्तै सिद्धार्थ उद्योग वाणिज्य संघको ६२ औं वार्षिक साधारणसभा तथा अधिवेशनबाट निर्वाचित समाजका सदस्य द्वय गोविन्द ज्ञवाली र संजय कुमार बेरिवाललाई सम्मान गरिएको थियो । संघकाे अध्यक्षमा निर्वाचित भिष्म प्रसाद न्यौपाने र लुम्बिनी प्रेस क्लबको अध्यक्षमा निर्वाचित नरेश के.सी.लाई समेत सफल कार्यकालकाे शुभकामना सहित सम्मान गरिएको समाज सह–सचिव तथा कार्यक्रम संयाेजक रविकान्त उपाध्यायले बताए ।

collage 1.jpgकार्यक्रमका प्रमुख  अतिथि प्रतिनिधिसभा सदस्य प्रमोद यादव तथा विशिष्ठ अतिथि संविधान सभा सदस्य आदित्य नारायण कशौधन,अतिथि प्रदेशसभा सदस्य सन्तोष पाण्डे, सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारी लगायतले सम्मानपत्र प्रदान गरी सम्मानित गरिएको थियो । कार्यक्रममा आफ्ना भनाई राख्दै प्रमुख अतिथि यादवले कोरोना कहरको समयमा निस्वार्थ भावले सहयोग पुरयाउने सबलाई उच्च सम्मान व्यक्त गर्नुपर्ने बताए । सामाजिक कार्यभन्दा ठुलो धर्म अन्य केही नहुने हुंदा त्यस्ता व्यतिm र संस्थालाई सरकारले समेत सम्मान गर्न सके सेवाभावमा बृद्धि हुने उनको भनाई छ ।

collage 6.jpg
यस्तै विशिष्ठ अतिथि कशौधनले कोरोनाबाट सबैभन्दा बढी शैक्षिक क्षेत्र, पर्यटन क्षेत्र प्रभावमा परेको भन्दै यसको पुर्नउत्थानमा जोड दिनु पर्ने बताए । लाखौं विद्यार्थीको भविश्य अन्योलमा गरेकोले यसतर्फ सचेत बन्नु पर्ने भन्दै कोरोनाको समयमा सिमामा खटिने सबै सम्मानको हकदार भएको बताए ।
प्रदेशसभा सदस्य सन्तोष पाण्डेले जनताको प्रतिनिधिको रुपमा विशम परिस्थितिमा आफु सधै जनताको माझमा रहेर दुःख बाड्ने गरेको बताए । सिद्धार्थनगर नगरपालिका प्रमुख हरि अधिकारीले कोरोनाको लहर सुरु भएसंघै स्थानीय सरकारमाथि ठुलो जिम्मेवारी थपिएको र त्यसलाई आफुले सहजै व्यवस्थापन गरेको बताए । कार्यक्रम संयोजक रविकान्त उपाध्यायको स्वागत संसथाका सचिव हरि प्रसाद आचार्यको संचालनमा सम्पन्न भएको थियो । सो अवसरमा समाजका सल्लाहकार,पदाधिकारी,सदस्य लगायतको उपस्थिति रहेको थियो भने समाजका नयाँ सदस्यलाइ स्वागत गरिएकाे थियाे।collage7.jpg

collage 5.jpg


  • सम्बन्धित विषय:

  • # काेराेना

  • लुम्बिनी चिन्तन

    थप समाचार