Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

बन्ने भयो जितगढीमा युद्ध संग्रहालय, चार तल्ले संग्रहालयको शिलान्यास 


  • लुम्बिनी चिन्तन
  • चैत्र ४, २०७७ बुधवार
  • 1.5K
    SHARES

बन्ने भयो जितगढीमा युद्ध संग्रहालय, चार तल्ले संग्रहालयको शिलान्यास 

बुटवल । बुटवलमा जितगढी बटौली युद्ध संग्रहालय बन्ने भएको छ । बुटवल उपमहानगरपालिकाको ऐतिहासिक सम्पदा स्थल जितगढी र सांस्कृतिक सहर पुरानो बुटवल (बटौली) लाई जोड्नेगरि संग्रहालय निर्माण गर्न लागिएको हो  ।
तत्कालिन नेपाल–अंग्रेज युद्ध ताकको झल्को दिनेगरि निर्माण गर्न लागिएको संग्रहालयको बुधबार बुटवल उपमहानगरको प्रमुख शिवराज सुवेदीले शिलान्यास गरेका छन । एकीकृत सहरी विकास गुरुयोजना अन्तर्गत निर्माण हुन लागेको संग्रहालयको शिलान्यास गर्दै प्रमुख सुवेदीले राष्ट्रिय स्वाभिमान, पहिचान र शानको रुपमा रहेको जितगढीलाई बटौली पर्यटनको केन्द्रका रुपमा लिंदै सोही अन्तर्गतको एउटा कामका रुपमा संग्रहालयलाई लिइएको बताए ।
प्राचीन सहरले जन्माएर सबै उपसहरहरुलाई जोड्ने एउटै पर्यटन सर्किट बनाइने बताउँदै उहाँले बु्टवल चक्रपथ, तिनाउ–दानव कोरिडोर र छिमेकका पालिकाका सडक सञ्जालमा बुटवलको पर्यटन सर्किट जोडिने बताए ।
जनप्रतिनिधि आएपछि बुटवलको आवधिक र दीर्घकालीन महत्वका योजना तय भएका छन् । अबको ५० वर्षपछिको बुटवलको जनघनत्वलाई अनुमान गरेर एकीकृत सहरी विकासको गुरुयोजना बनाइएको छ सुवेदीले भने । 
बुटवल वडा नं  १ को भैरव मन्दिर नजिकै रहेको उपमहानगर करिब तीन कट्ठा जग्गामा उक्त संग्रहालय बन्नेछ । प्राचीन सहरले जन्माएर सबै उपसहरहरुलाई जोड्ने एउटै पर्यटन सर्किट बनाइ बु्टवल चक्रपथ, तिनाउ–दानव कोरिडोर र छिमेकका पालिकाका सडक सञ्जालमा बुटवलको पर्यटन सर्किट जोडिने छ । पहिलो, दोस्रो, तेस्रो तल्लामा म्युजियम र चौथो तल्लामा परम्परागत खानाको परिकारसहितको क्याफे गरी संग्रहालय चार तल्लाको बन्ने छ । 
करिब ६ करोड ८२ लाख ५० हजार दुई सय ५६ रुपैयाँ बराबरको लागतमा उक्त संग्रहालय निर्माण हुन लागेको हो । निर्माण कम्पनी शिवशक्ति कन्स्ट्रक्सन कम्पनी प्रालिले निर्माणको जिम्मा पाएको छ । 
बुटवलको पहिचान झल्काउने, नयाँ पुस्तालाई जानकारी गराउने, आगन्तुक पाहुनाहरुलाई पनि झल्को देखाउने र बुद्धावलीको प्राचीन बटौली देखि हालको बृहत्त बुटवलको अवस्थाका बारेमा जानकारी गराउने खालको संग्रहालय निर्माण गर्न लागिएको नगरपालिकाले जनाएको छ । 


लुम्बिनी चिन्तन

थप समाचार