Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

चार महिनामा ९ उद्योग कारवाहीमा, खाद्य  प्रविधि तथा गुण नियन्त्रण कार्यालयकाे दोस्रो चौमासिक प्रगति समिक्षा गोष्ठी


  • लुम्बिनी चिन्तन
  • चैत्र ४, २०७७ बुधवार
  • 1.1K
    SHARES

चार महिनामा ९ उद्योग कारवाहीमा, खाद्य  प्रविधि तथा गुण नियन्त्रण कार्यालयकाे दोस्रो चौमासिक प्रगति समिक्षा गोष्ठी

भैरहवा । खाद्य  प्रविधि तथा गुण नियन्त्रण कार्यालयको दोस्रो चौमासिक प्रगति समिक्षा गोष्ठी बुधबार भैरहवामा सम्पन्न भएको छ ।

कार्यालयले खाद्य स्वच्छताका विषयमा चार महिनामा गरेका कामको विवरण उपभोक्ता, उद्योगी, व्यवसायी, विषयगत काार्यलयका प्रमुख तथा संचारकर्मीहरुबीचमा जानकारी गराएको हो । कार्यालयका प्रमुख  विमल कुमार दाहालका अनुसार कार्यालयले दाेस्रो चौमासिक अवधिमा खाद्य ऐन २०२३ दफा ३ उलंघन गरी कमसल खानेकुरा विक्रीवितरण गर्ने विभिन्न ९ वटा कम्पनीलाई मुदा दायर गरिएको छ । कारवाहीमा पर्ने मध्ये चारवटा पानी उद्योग छन् ।

यसरी कमसल गुणस्तरको उत्पादन गरी उपभोक्ताकाे शुद्ध खानेपानी उपभोग गर्ने अधिकारलाई हनन गर्ने रुपन्देहीको  बुटवल स्थित कर्माचार्य मिनरल वाटर, गैडाकोट ४ नवलपरासीको माउण्ट एभरेष्ट पिउने पानी उद्योग,शिवराज ५ कपिलवस्तुको युनिभर्षल ड्रिंकिङ वाटर ईण्डष्ट्रिज, पोखरा ८ कास्कीको नेपा मिनरल वाटर प्रा.लि रहेका छन् ।

यस्तै कार्यालयले कमसल गुणस्तरको खाद्य वस्तु उत्पादन गरी बजार पठाउने  ब्यास ५ तनहुंको गुड टेष्ट सस प्रोडक्ट, माउण्टेन तनहुं सामुदायिक बेल तथा फलफुल प्रशोधन उद्योग,कपिलवस्तुको क्यापिटल फुट्स प्रा.लि., भरतपुर १ चितवनको कुंवर एण्ड ब्रर्दश ग्रुप रहेका छन् ।

समिक्षा कार्याक्रममा कार्यालय प्रमुखले जनशक्ति अभावले सोचेजति काम गर्न नसकिएपनि कार्यालयले स्वच्छ खाद्यन्न उपभोग गर्ने उपभोक्ताकाे अधिकारप्रति सचेत रहेको बताए ।

सो अवसरमा प्रमुख अतिथि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक उपेन्द्र रायले विभागले छुट्टै देशका विभिन्न १९ स्थानमा विषाक्त परिक्षण गर्ने ल्यावको स्थापना गर्ने आश्वसन दिए । “अहिले वस्तुको गुणस्तर नामका लागि केन्द्रको भर पर्नु पर्ने अवस्था छ जसका कारण संकलन गरिएका वस्तु नष्ट हुंने खतरा छ यसको अव अन्त्य हुन्छ । ”उनले भने । कर्मचारी व्यवस्थापन,दरवन्दी थप, दक्ष प्राविधिक लगायतका विषयमा विभाग गम्भिर रहेको उने बताए ।

कार्यक्रममा आफ्ना भनाई राख्दै भुमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशका सचिव डा. रेवती रमण पौडेलले गुण नियन्त्रण कार्यालयले बजार अनुगमनका साथै दुध, तरकारी तथा फलफुल प्रशोधनका लागि नागरिकलाई प्रोत्साहन गर्नतर्फ ध्यान दिन आग्रह गरे । विभिन्न देशबाट आयात गरिएका प्रशोधित वस्तुहरु बजारमा विक्रीवितरण भइरहेको भन्दै नेपाली उत्पादनलाई प्रशोधन गरी बजारमा ल्याउन सके त्यसले गुणस्तरीयताका साथै आय आर्जनमा पनि मद्धत पुग्ने बताए ।

सो अवसरमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले कानुनी जटिलताका कारण काला बजारी गर्ने,कमसल वस्तु विक्री गर्ने, बढी मुल्यमा सामान विक्री गरी उपभोक्ता ठग्ने व्यापारीलाई अन द स्पोर्ट कारवाहीमा समस्या रहेको बताए । बजार अनुगमन गर्ने अनि यसपालीलाई यस्तै भयो अब यसो नगर्नु भन्ने बाहेक अन्य कारवाही नहुंदा वस्तु वा सेवामा गुणस्तरीयता कायम गर्न नसकिएको बताए । आवश्यकताका आधारमा कानुन परिमार्जन गनु पर्ने प्रजिअ घिमिरेको सुझाव छ । कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेशका अध्यक्ष तेज कुमार पाठक,रुपन्देही उद्योग संघका सदस्य यादव गैरे लगायतले बोल्दै सबैको सहकार्य रहेमात्र उपभोक्ता अधिकार सुनिश्चित हुन सक्ने बताए । 


लुम्बिनी चिन्तन

थप समाचार