भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भारतबाट अवैध रुपमा भित्र्याइएका ब्रोईलर कुखुरा वरामद गरेको छ ।
प्रहरीले बुधबार दिउंसो सिद्धार्थनगर ८ मायादेवी तरकारी तथा फलफुल बजारबाट जिउंदो र मरेको गरी ५ सय ६० वटा कुखुरा वरामद गरि भैरहवा पशु क्वारेन्टाईन चेक पोष्ट बेलहिया रूपन्देही पठाइएको जनाएको छ । कुखुरा बोक्न प्रयोग गरिएको लु १ ख ७७४२ नम्बरको मिनिट्रक र चालक धादिङ नगरपालिका वडा नम्बर ८ बस्ने २१ व्र्षिय सुरज कुमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पछिल्लो समय रुपन्देही प्रहरीले भारतबाट अवैध रुपमा पैठारी गरिएका सामानहरु वरामद गर्ने क्रम बढ्दो छ । बुधबार वरामद गरिएका कुखुराको बजाउभाउ करीब १३ लाख बढी रहेको समेत जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक सत्य नारायण थापाले जनाएका छन् ।