भैरहवा । रुपन्देही भएको दोस्रो चरणको कोरोना भाइरस विरुद्धको खोप अभियानबाट ३७ हजार ५ सय ९१ जना जेष्ठ नागरिक लाभान्वित भएका छन ।
रुपन्देहीमा चलेको अभियानबाट ६५ वर्ष भन्दा माथी उमेर समूहका ५२ हजार ६ सय ८७ जना जेष्ठ नागरिक मध्ये ७१ दशमलव ३५ प्रतिशले खोप लगाएका हुन । संवेदनशील खोप भएकोले डाक्टरहरुको उपलब्द्धता र मापदण्डहरुलाई मध्यनजर गर्दै रुपन्देहीका स्थानीय तहलाई २ समुहमा विभाजन गरी खोप लगाएका थियौ । कुल २६० वटा खोप सेसनबाट १६ वटै पालिकामा सो संख्यामा खोप लगाइएको हो । जिल्ला भर रहेका ६५ वर्ष भन्दा माथीको लक्षित समूहलाई त्यहाँ स्थित ८३ वटा स्वास्थ्य संस्थाको खोप केन्द्रबाट यो खोप सेवा दिइएको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीले बताए ।
स्वास्थ्य कार्यालयले फागुन २३ गते देखि २५ गते सम्म ८ वटा स्थानीय तह र चैत्र १ गते देखि ४ गते सम्म ८ वटा स्थानीय तहमा ६५ बर्ष माथि उमेर समुहका नागरिकलाई पहिलो प्राथमिकतामा खोप दिइएको छ । यस अघिको पहिलो चरणकोे ११ दिने अभियानबाट ११ हजार ८ सय ३५ जना स्वास्थ्यकमी, कर्मचारी, महिला स्वास्थ्य स्वंयसेविका,सरसफाई कर्मी, एम्बुलेन्स चालक,सुरक्षाकर्मी, कैदी, बैक तथा वित्तिय संस्थाका कर्मचारी, पत्रकारले कोभिड विरुद्धको पहिलो डोजको खोप लगाइसकेका छन । खोप उपलब्द्धताको आधारमा ५५ वर्ष माथिको नागरिकलाई पनि क्रमश खोप दिइने छ, अवान्छित घटनालाई मध्यनजर गर्दे १६ पालिकामा चिकित्सक सहितको टोली ब्यबस्थापन गरिएको वताए । जसका लागि २५८ जना स्वास्थ्यकर्मी र २४६ जना स्वय सेवकहरु खोप केन्द्रमा खटिएको कार्यालयले जानकारी दिएको छ ।

स्वास्थ्य कार्यालयले दिएको तथ्याङक अनुसार बुटवल उपमहानगरमा १० वटा खोप केन्द्रबाट ४ हजार ७ सय १४, सैनामैनामा ३ वटा खोप केन्द्रबाट २ हजार ५ सय १०, कञ्चनमा २ वटा खोप केन्द्रबाट १ हजार २ सय ७४, मायादेवीमा ५ वटा खोप केन्द्रबाट १ हजार ५ सय ९५, गैडहवामा ४ वटा खोप केन्द्रबाट २ हजार ३९, सिद्धार्थनगरमा २ वटा खोप केन्द्रबाट १ हजार ५ सय ८२, सियारीमा ५ वटा खोप केन्द्रबाट १ हजार ५ सय ११, शुद्धोधनमा ४ वटा खोप केन्द्रबाट १ हजार १ सय ७५ जनालाई पहिलो ३ दिने अभियानमा खोप लगाइएको कोभिड फोकल पर्सन केदारनाथ शाहले जानकारी दिए ।
त्यस्तै ३ दिने दोस्रो अभियानमा रुपन्देहीका थप ८ स्थानीय तह मध्ये कोटहीमाईमा ६ वटा खोप केन्द्रबाट १ हजार ८ सय ८८, सम्मरीमाईमा ६ वटा खोप केन्द्रबाट १ हजार ८ सय ३२, मर्चवारीमा ४ वटा खोप केन्द्रबाट १ हजार ४ सय ३ , तिलोत्तमामा ७ वटा खोप केन्द्रबाट ७ हजार २४ , लुम्बिनीमा ८ वटा खोप केन्द्रबाट ३ हजार ५ सय ६६, देवदहमा ४ वटा खोप केन्द्रबाट२ हजार ६ सय ३१, ओमसतियामा ५ वटा खोप केन्द्रबाट१ हजार १ सय ८६ र रोहिणीमा ६ वटा खोप केन्द्रबाट १ हजार ६ सय ६१ जनालाई खोप लगाइएको छ । खोप लगाएका मध्ये सिद्धार्थनगरमा सबै भन्दा न्युन ४२ दशमलव १२ प्रतिशत लक्षित समूहले खोप लगाएका छन भने सबै भन्दा बढि देवदह नगरपालिकामा ९३दशमलव४३ प्रतिशत खोप लगाएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

समग्र जिल्ला खोप अभियानको अनुगन जिल्ला खोप समन्वय समिति रुपन्देहीको प्रमुख तथा प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिर सहितको टोलीले गरेको थियो भने पालिका स्तरमा पालिका प्रमुख, वडा अध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत र जिल्ला खोप समन्य तथा खोप समितिले अनुगमन सुपरिवेक्षण र सहजीकरण गरेका थिए । पहिलो चरणमा खोप लगाएकाहरुलाई नै दिइएको खोप कार्डका आधारमा ८ हप्ता देखि १२ हप्तामा दोस्रो डोजको खोप लगाईने छ ।