Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

कृषिमा खाद्य सुरक्षा र संरक्षणका लागि जलवायुको परिवर्तन र यसको अनुकूलता विषयमा तीनदिने सम्मेलन भैरहवामा हुदै ।


  • लुम्बिनी चिन्तन
  • माघ १६, २०७९ सोमवार
  • 1.4K
    SHARES

कृषिमा खाद्य सुरक्षा र संरक्षणका लागि जलवायुको परिवर्तन र यसको अनुकूलता विषयमा तीनदिने सम्मेलन भैरहवामा हुदै ।

 

भैरहवा माघ १६/
कृषिमा खाद्य सुरक्षा र संरक्षणका लागि जलवायुको परिवर्तन र यसको अनुकूलता विषयमा केन्द्रीत रहेर भैरहवामा तीनदिने जलवायु सम्मेलन मंगलवार देखी  भैरहवामा हुने भएको छ ।
माघ १७ गतेदेखि त्रिभुवन विश्वविद्यालयको कृषि र पशु विज्ञान अध्ययन संस्थान, पक्लिहवा कृषि क्याम्पस भैरहवामा अन्तराष्ट्रिय जलवायु सम्मेलन २०२३ आयोजना हुने भएको कार्यक्रम संयोजक अविचल जंग केशीले बताए । सम्मेलनमा नेपालसहित एसियाका अन्य ६ देश सामेल हुनेछन् ।
भारत, ताइवान, बंगलादेश, श्रीलंका, इन्डोनेसिया र दक्षिण कोरियाका प्रतिनीधीहरु सम्मेलनमा  सहभागी हुने बताइएको छ । १४ वटा कृर्षी क्याम्पसका ६० बढी प्रतिनीधी सहभागी हुने छन् ।
नेपालका विभिन्न क्षेत्रमा रहेका जलवायु सम्बन्धि काम गर्ने वक्ताहरू, यस संस्थामा आबद्ध रहेका विद्यार्थीहरू, अन्तर्राष्ट्रिय सहभागीहरू, कृषि संकायमा अध्यापन गराउने शिक्षक, प्राध्यापक एवम् अन्य संघ संस्थामा आबद्ध भएका व्यक्तहरूको उपस्थिति रहने आई, ए, एस, एल, सि, पक्लिहवाका लोकल डाईरेक्टर बिविसा तिमल्सीनाले जानकारी दिईन । 
जलवायु परिवर्तनको चिन्तनलाई सफलतापूर्वक सम्बोधन गर्नका निम्ति कार्यक्रमको आयोजना गरिएको बताइएको छ । आई.ए.ए.एस्, कृषि, पशु विज्ञान तथा कृषि इन्जनियरिङ क्षेत्रमा कार्य गर्ने संस्था हो । जलवायु परिवर्तनले कृषि क्षेत्र तथा खाद्य सुरक्षामा पारेको असरबारे बहस गरिने बताइएको छ । 


लुम्बिनी चिन्तन

थप समाचार