Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

जावाको पेराक बाइक भैरहवामा सार्वजनिक


  • लुम्बिनी चिन्तन
  • चैत्र ६, २०७७ शुक्रवार
  • 1.1K
    SHARES

जावाको पेराक बाइक भैरहवामा सार्वजनिक

भैरहवा । जावाको पेराक बाइक भैरहवामा सार्वजनिक भएको छ ।

 नेपालीका लागि आधिकारिक वितरक अग्नि मोटोइंकले भैरहवामा वारिस अटोमोबाइल मार्फत सो बाइक सार्वजनिक गरि शुक्रबारदेखि विक्रि वितरण सुरु गरेको हो ।

लुम्बिनी प्रदेश सभा सदस्य तथा जनता समाजवादी वाटी रुपन्देहीका प्रमुख सचेतक  सन्तोष पाण्डे, जिल्ला ट्रफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख  प्रहरी निरीक्षक दिवस जिसीले एक कार्यक्रमका बीच नयां मोडलको बाइक सार्वजनिक गरे । वाईक सार्वजनिक गर्दै प्रदेशसभा सदस्य पाण्डेले पछिल्लो समय भैरहवा क्षेत्र देशकै तिव्र विकासको क्रममा अघि बढेको भन्दै यस्ता व्यवसायीक प्रतिष्ठानहरुको महत्वपुर्ण भुमिका रहेको बताए । जावाले युवापुस्ताको चाहनालाई मध्येनजर गर्दै मोडलमा परिमार्जन गरेकोले युवाहरुको रोजाईमा पर्ने बताए ।jawa bike (2).jpg

जावाको लागि भैरहवाको आधिकारिक विक्रेता वारिस अटोका प्रबन्ध निर्देशक युवा व्यवसायी ईर्फान वारिसले जावाको वाईकमा युवा पुस्ता लगायत सबै उमेरका व्यतिmहरुको विषेश रुची देखिएको बताए । जावा पेरकमा ३३४ सीसीको सिंगल सिलिन्डर, लिक्विड कुल्ड इन्जिन जडान गरिएको छ, जसले ३० बीएच पावर र ३१ एनएम टर्क जेनेरेट गर्छ । उक्त इन्जिनमा ६ स्पीड गियरबक्स दिइएको छ ।

यसको इन्जिन बीएस ६ मापदण्ड अनुरुपको छ । सुरक्षाको लागि ड्यूल च्यानल एबीएस रहने पेराकको दुबै चक्कामा डिस्क ब्रेक दिइएको बाइकमा इन्टिग्रेटेड टेल लाइट, टियरडप फ्युल ट्यांक र वाइड ह्यान्डलबार दिइएको छ । कम्पनीले यसमा सेमी डिजिटल कन्सोल दिएको छ । दोस्रो विश्वयुद्धका समयमा फ्रान्सको पेरिसमा भएको मोटर शोमा पेश गरिएको पेराक बाइकको नाममा जावा पेराक बाइक ब्राण्ड गरिएको हो । त्यस्तै, लिक्विड कुल्ड इन्जिन जडान गरिएको छ । डबल क्याड्रल ट्यूवलर फ्रेममा तयार भएको जावा पेरकको अगाडि टेलिस्कोपिक हाइड्रोलिक फर्क र पछाडि ७ स्टेप एड्जस्ट गर्न किल्ने मोनो सक एब्जर्बर दिइएको छ ।jawa bike (1).jpg

यसअघि नै नेपालमा जावा क्लासिक र जावा फोर्टी टु गरी दुई मोडलका बाइक उपलब्ध छन् । दुवै मोडलका बाइक सिंगल च्यानल र ड्युअल च्यानल एबीएस भेरिएन्टमा उपलब्ध छन् । यी दुईओटै बाइक २९० सीसी क्षमताका हुन् ।


लुम्बिनी चिन्तन

थप समाचार