भैरहवा । भैरहवामा निर्माणधिन बोधी होम्सले आजबाट औपचारिक रुपमा बुकिङ सुरु गरेको छ ।
काठमाण्डौ बाहिर पहिलो पटक ४ अर्बको लगानीमा निर्माणधिन क्लोनी होम्स हाउजिङ परियोजनाले विशेष छुटका साथ आज आइतबारबाट बुकिङ सुरु गरेको हो ।
रुपन्देहीको ओमसतिया–४ मा स्थित बोधी होल्डिङ प्रालिले बोधी होम्स हाउजिङ परियोजना अन्तर्गत अत्याधुनिक भवनको मुल्यहरु निर्धारण गरेसँगै बुकिङ सुरु गरेकोे छ । ३ सय घर सहित हउजिङ परियोजना दुई चरणमा ४ वर्षको अवधिमा निर्माण सम्पन्न गर्ने लक्ष्य सहित निर्मााणको काम सुरु भएको छ । ५ विघा क्षेत्रफल भित्र २ वर्ष भित्र निर्माण सक्ने गरी एक सय ४ वटा र दोस्रो चरणमा एक सय ९६ घरहरु ९ विघा क्षेत्रफलमा थप २ वर्षमा निर्माण हुने बोधि होल्डिङ प्रालिका अध्यक्ष जलेश्वर पाण्डेले जानकारी दिए ।
लगानी र व्यवसायमा लामो अनुभव बनाएका बैक तथा वितिय सस्था रियल स्टेट र विभिन्न कम्पनिमा आबद्ध व्यवसायीहरु सीए दीपक पाण्डे, दिनबन्धु पोखरेल, गैरआवासीय नेपाली ब्यवसायी, सांसद प्रमोद यादव लगायतको लगानी रहेको छ । प्रथम चरणको घरको निर्माण सुरु भएको छ, जसमा ६८ वटा ४ वेड रुम सहितको २ हजार ३ सय ३३ वर्गफिटको अढाई तल्ले अत्याधुनिक घर रहनेछ भने ३६ वटा घर ५ वेड रुम सहित २ हजार ६ सय ९७ वर्गफिटको रहनेछ । ११ देखि १७ धुर क्षेत्रफलमा निर्माण हुने उक्त घरहरुको निर्माण काम सुरु भएको छ, हाल सम्म १५ वटा प्रि बुकिङ भएपनि आजबाट औपचारिक रुपमा बुकिङ सुरु गरेका छौ प्रालिका अध्यक्ष पाण्डेले जानकारी दिए ।

हामीले अहिले बैशाख सम्मका लागि साढे १२ प्रतिशत छुटका साथ यो अफर ल्याएका छौ,बुकिङ गरेको एक वर्ष भित्र निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्छौ । फिनिसिङ र फ्रनिसिङ सहितको दुवै प्रकारको घर बैशाखको मसान्त भित्र बुकिङ गरेमा सहुलियत दरमा १ करोड ६० लाख र १ करोड ९० लाख मुल्य कायम गरिएको संचालक प्रमोद यादवले बताए । निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन किलोमिटर पूर्वमा निर्माण हुने यो हाउजिङ परियोजना भित्र बस्ने हरेक व्यक्ति ले त्यहाँ स्थित सामुहिक भवन, बाल उद्यानन, हेल्थ क्लब, स्विमिङ पुल, खेल मैदान, ग्रसरी पसल, साउना स्टिम बाथ, पानी शुद्धिकरण गर्ने उपकरण भुमिगत तार व्यवस्थापन, व्यववस्थित पार्किङ सिसीटिभी सहित २४ घण्टा नै सुरक्षा गार्डको सुविधा सहितको पूर्वाधार रहने सञ्चालक यादवले बताए ।
१० प्रतिशत अग्रिम भुक्तानी गरेर घरको बुकिङ गर्न सकिने छ । बुकिङ गरे सँगै प्लट निश्चित गरी एक महिनामा थप १५ प्रतिशत , त्यसको २ महिनामा थप १५ प्रतिशत गरी ४० प्रतिशत रकम भुक्तानी गर्नु पर्नेछ । भुक्तानीका लागि हामीले ७ वटा विभिन्न प्रकारका व्यवस्था मिलाएका छौ । बाकी ६० प्रतिशत रकम बैकिङ पार्टनर ग्लोबल बैकबाट सहुलियत दरमा वा नगद विशेष छुटका साथ पनि भुक्तानी गरेर खरिद गर्न सकिने प्रालिका प्रबध निर्देशक दिनबन्दु पोखरेलले बताए । 
३०० जनाको समूहमा क्लोनी बनाउन लागेको निर्माणधिन घरहरु बजारको तुलनामा सस्तो छ, हामीले माटो परिक्षण गरेर नै त्यही अनुसारको अत्याधुनिक शत प्रतिशत गुणस्तर सहित भवना बनाउने छौ प्रालिका कन्सलटेन्ट सिए हेम काफ्लेले भने । भवन सहित निर्माणको क्रममा भएको कामदारको पनि विमा गरेका छौ, गुणस्तरमा कुनै पनि सम्झौता हुदैन काफ्लेले भने ।