Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

मोटर ड्राइभिङ स्कुल संघमा कबिन्द्रमान


  • लुम्बिनी चिन्तन
  • चैत्र ८, २०७७ आइतवार
  • 2.6K
    SHARES

मोटर ड्राइभिङ स्कुल संघमा कबिन्द्रमान

बुटवल । मोटर ड्राइभिङ स्कुल संघमा कबिन्द्रमान श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय नया नेतृत्व चयन भएको छ ।

शनिबार सम्पन्न १५ औ साधारण सभा तथा ११ औ अधिवेसनबाट संघको उपाध्यक्षमा श्रीधर अर्घाली, सचिव राम बहादुर रायमाझी, सहसचिव कृष्ण देवकोटा, कोषाध्यक्ष हुमकान्त भुषाल तथा सदस्यमा सिताराम बानिया, महेन्द्र कुमार भुषाल, महेन्द्र भुषाल, खगेन्द्र अर्याल, कृष्ण प्रसाद बश्याल, भानुभक्त ज्ञवाली, शिव कुवर, गिता अर्याल पन्त चयन भएका छन । यसैगरि लेखा संयोजक सिराज अहमद मनोनित भएका छन । 

dribving ma bnaya netritwa (2).jpeg
कार्यक्रमको उद्घाटन गर्दै संघका केन्द्रीय सल्लाहकार नारायण प्रसाद अधिकारीले ३ तहकै सरकार बिच समन्वय अभावका कारण ड्राइभिङ स्कुलहरु समस्यामा परेको दुखेसो गरे। आम नागरिकलाई सवारी अनुमति पत्र प्राप्त गराउन ब्यवहारिक र प्राविधिक ज्ञानमा योगदान दिदै आएका संघहरुको समस्यामा रहेको दुखेसो गरे । 
संघका अध्यक्ष प्रमोद थापाले अनलाईन २०२२ सम्मको साप्ताहिक दर्ता प्रक्रिया अहिले धेरै कठिनाई भएको बताए । हप्तामा ४ दिन नया र थप गरि साढे ३ सय मात्र हुने गर्दा यसले सेवाग्राहीलाई धेरै कठिनाई भएको उनले बताए । सरकारले नियम कानुन कडाई गरेपनि त्यस अनुसारको सेवा पाउनबाट बन्चित हुनुपरेको उनले बताए । लुम्बिनी अंचलभरि छरिएर रहेका अहिले १ सय २२ जना संघमा आवद्ध रहेका छन । 

 


लुम्बिनी चिन्तन

थप समाचार