Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

रुपन्देहीमा सुनचाँदीका गरगहना चोरी गर्ने ७ जना पक्राउ


  • लुम्बिनी चिन्तन
  • चैत्र १५, २०७९ बुधवार
  • 688
    SHARES

रुपन्देहीमा सुनचाँदीका गरगहना चोरी गर्ने ७ जना पक्राउ

भैरहवा, १५ चैत ।
सुनचाँदीका गरगहना चोरी गर्ने घटनामा संलग्न ७ जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । जिल्लाका विभिन्न स्थानबाट सुनचाँदी चोरीका घटनामा संलग्न भएका उनीहरुलाई बुटवल उपमहानगरपालिका वडा नम्बर ९ जितगढीस्थित कालीगण्डकी होटलबाट सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–१९ का ३२ वर्षिय उत्तमप्रसाद यादव, वीरगञ्ज महानगरपालिका–२० का २० वर्षिय राकेशसिंह राठौर, सोही स्थानका १५ वर्षिय (परिवर्तित नाम) भैरहवा–२७, पर्साको पटेर्वा सुगौरी–४ का १९ वर्षिय सन्दिप राय, सोही स्थानका ३२ वर्षीय राजेश राय नट र पर्साको पाकहर गाउँपालिका–९ का ३४ वर्षिय रामबहादुर राय रहेका छन् ।

11.jpg

प्रहरीले उनीहरुबाट सुनको सिक्री ४ थान, टुटेको सिक्री २४ क्यारेट सुन ८.०६ ग्राम, सादा सिक्री २४ क्यारेट सुन ११.३७ ग्राम, लकेटसहितको सादा सिक्री २४ क्यारेट सुन ९ ग्राम, चाँदीको सिक्री थान १ ३६.७४ ग्राम, रु. ५६ हजार नगद, विभिन्न कम्पनीका मोबाइल ८ थान र BR-05S-034 नम्बरको भारतीय स्कारपियो गाडी बरामद गरेको छ ।

पक्राउ परेका ७ जनालाई रुपन्देही जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) श्यामु अर्यालले जानकारी दिए । 


लुम्बिनी चिन्तन

थप समाचार