भैरहवा चैत्र २१,
सिद्धार्थ राजमार्गको बुटवल पाल्पा सिद्धवावा सडक खण्ड आज देखी दैनिक ९ घण्टा अबरुद्ध हुने भएको छ ।
सिद्धबाबा नजिक सुरुङ मार्ग निर्माण कार्य सुरु भएकाले सो सडक खण्ड दैनिक ९ घण्टा अबरुद्ध हुन लागेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेयले जानकारी दिनु भयो ।
निमार्ण व्यवसायी चाईना स्टेट कन्स्ट्रक्सन ईन्जिनियरिङ कर्पोरेसनले रामा पिथेकस पार्क नजिकको क्षेत्रमा सडक डाईभर्सनको कार्य सुरु गरेकाले दैनीक दुइ पटक दिउसो र राती सडक अबरुद्ध हुने प्रमुख जिल्ला पाण्डेयले बताउनु भयो ।
सुरुड. मार्ग निमार्णका क्रममा सडक माथिवाट खुकुला ढुङ्गाहरु पहरोबाट हटाउने कार्य गर्न जोखिम भएकाले खुकुला ढुंगाहरु खसाल्न सडक यातायात आवागमन बन्द गर्ने निर्णय भएको र बन्दका समयमा बैकल्पीक सडक प्रयोग गर्न पनि प्रमुख जिल्ला अधिकारी पाण्डेयले आग्रह गरेका छन् ।

सोमबार सरकोकारवाला निकायहरु संग जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा बसेको बैठकमा राष्ट्रिय महत्वको सुरुङ मार्ग निर्माणमा सहजिकरण गर्न आवस्यक देखिएकोले मंगलबार बिहान ११ बजे देखि अपरान्ह २ बजेसम्म र राती १० बजेदेखि विहान ४ बजेसम्म अर्को सूचना जारी नहुँदासम्म सवारी साधन आवतजावत बन्द गरी सुरक्षित साथ कार्य गर्न स्वीकृती दिने निर्णय गरेको प्रजिअ पोण्डेयले जानकारी दिनु भयो ।
सडक अबरुद्धका समयमा अत्यावस्यक साना तथा निजि सवारीसाधानहरु बेलवास– दोभान सडक खण्ड अन्तरगत बैकल्पीक सडक प्रयोग गर्न पनि बैठकले आग्रह गरेको छ । साना तथा निजी गाडीहरु र अत्यावस्यक सवारी साधनहरुलाई उक्त बैकल्पीक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।
साथै उक्त सडकलाई ब्यावस्थित रुपमा संचालन गर्नका लागी आबस्यक पुर्वाधार मर्मत कार्य गर्न परियोजनालाई आग्रह गरेको छ । रुपन्द्येहीका प्रमुख जिल्ला अधिकारी भरत मणी पाण्डेयको अध्यक्षतामा बसेको बैठकमा रुपन्देहीका सुरक्षा निकाय , यातायात ब्यावसायि , संचारकर्मी , लगायतको सहभागीता रहेको थियो ।