Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

कलेजोको विरामीलाई डाईनामिक टिचर्सको सहयोग, सहयोग जुटाउन परिवारको अपिल


  • लुम्बिनी चिन्तन
  • चैत्र ८, २०७७ आइतवार
  • 1.4K
    SHARES

कलेजोको विरामीलाई डाईनामिक टिचर्सको सहयोग, सहयोग जुटाउन परिवारको अपिल

भैरहवा ।  लायन्स क्लबअफ डाईनामिक टिचर्सलेकलेजो रोगका उपचाररत विरामीलाई आर्थिक सहयोग गरेको छ ।
क्रोनीकलीभर रोगबाट ग्रसित गैंडाकोट नगरपालिका–१२, हर्कपुरका गोविन्द बस्नेतको परिवारलाई  क्लबले २० हजार नगद सहयोग गरेको हो ।
विगत १ वर्ष देखि चितवन मेडिकल कलेज, भरतपुरमा कलेजोको समस्याको उपचार गराईरहेका बस्नेत हाल अपोलो अस्पताल, नयाँदिल्ली, भारतमा उपचाररत छन । २ महिना देखि अपोलो अस्पतालमा उपचाररत रहेको बस्नेतको शुक्रबार सफल शल्यक्रिया भएको छ ।

aa.jpgउपचारमा केही भए पनि राहत सहयोग पुगोस भन्दै क्लबकी संस्थापक अध्यक्ष बिना भण्डारीको नेतृत्वले रकम संकलन गरी हस्तान्तरण गरेको छ । भण्डारीले आफ्नो छोराको जन्मदिनको पूर्वसन्ध्यामा र क्लबका सदस्यहरुबाट रकम संकलन गरेकी हुन । महगो उपचार पद्धतिमा आवश्यकताको बेला आर्थीक समस्याका कारण कठिनाई भोगीरहनु भएको खबर पाए लगतै आर्थिक अभावकै कारण उपचारमा समस्या नहोस भन्दै सानै भएपनि सहयोग गरौ भनेर रकम संकलन गरी सहयोग गरेको भण्डारीले बताइन ।
लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि २ नेपालका स्ट्राटिजीक चिफ पी एम जे एफ नवराजन्यौपानेले उक्त सहयोग रकम परिवारलाई हस्ताण्तरण गर्दै सानो रकमले पनि आवश्यकतामा ठूलो सहयोग पुग्ने बताए । लायन्स क्लबअफ डाईनामिक टिचर्सले उदाहरणीय कार्य गरेको र यस पुण्यकार्यमाथप सहयोग संकलनको लागी पहल समेत गर्ने बताए । 
सामाजिक सेवामा क्रियाशिल शिक्षकहरुको क्लबले बस्नेतको परिवारजनलाई सहयोग रकम हस्तान्तरण गरेको हो । बस्नेतका भतीज बिकाश बस्नेतले दिल्लीमा उपचाररत बस्नेत र उहालाई कलेजो दान गर्ने सानो मुमा बिष्णु बस्नेतको स्वास्थअवस्थाबारे जानकारी गराएका थिए । उपचारमा धेरै खर्च लाग्ने हुदा उपचारमा सहयोग गरिदिन सबैमा अपिल गरेका छन ।
आइसियुमा उपचाररत बस्नेतको अवस्था सुधारन्मोख छ, यस अघि लायन्स क्लबअफ भैरहवा ग्रीनसिटिले पनि उपचारको लागि आर्थिक सहयोग गरेको छ । 


लुम्बिनी चिन्तन

थप समाचार