Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

भारतमा संक्रमित बढेसँगै नेपालमा सतर्कता, भिडभाड नगर्न सरकारकाे आग्रह


  • लुम्बिनी चिन्तन
  • चैत्र ८, २०७७ आइतवार
  • 1.2K
    SHARES

भारतमा संक्रमित बढेसँगै नेपालमा सतर्कता, भिडभाड नगर्न सरकारकाे आग्रह

काठमाडौँ । भारतमा कोरोनाभाइरस संक्रमितको संख्या बढेपछि सरकारले नेपालमा पनि स्वास्थ्य सुरक्षा सतर्कता बढाउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरी भारतमा कोरोनाभाइरस संक्रमण बढ्दो क्रममा रहेकाले नेपालमा पनि संक्रमण बढ्न सक्ने भन्दै सचेत हुन आग्रह गरेको छ ।162727364_1119001175255067_2208782284014128830_n.jpg

नेपालमा समेत संक्रमण बढ्‍न सक्‍ने भएकाले सभा, गोष्ठी, जुलुस, र्‍याली, भेला, जमघट, सेमिनार, बैठक, भीडभाड हुने व्‍यावसायिक कार्यहरु नगर्न मन्त्रालयले आग्रह गरेको छ । प्रवक्ता डा. जागेश्वर गौतमले विज्ञप्ति निकालेर सामाजिक/भौतिक दूरी, मास्कको अनिवार्य प्रयोग तथा साबुनपानीले राम्रोसँग हात धुने,  स्यानिटाइजरको प्रयोगलगायत जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेका छन् ।

भारतमा पछिल्लो २४ घण्टामा ४३ हजार ८४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।


  • सम्बन्धित विषय:

  • # काेराेना

  • लुम्बिनी चिन्तन

    थप समाचार