Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

लायन्स क्लब अफ सिद्धार्थनगर प्रोग्रेसिभद्धारा सरस्वती आधाभुत विद्यालयमा दुईवटा अत्याधुनिक शौचालय हस्तान्तरण


  • लुम्बिनी चिन्तन
  • चैत्र २५, २०७९ शनिवार
  • 934
    SHARES

लायन्स क्लब अफ सिद्धार्थनगर प्रोग्रेसिभद्धारा सरस्वती आधाभुत विद्यालयमा दुईवटा अत्याधुनिक शौचालय हस्तान्तरण


भैरहवा चैत्र २५,
लायन्स क्लब अफ सिद्धार्थनगर प्रोग्रेसिपले रोहिणी गाउंपालिका अन्तर्गत श्री सरस्वती आधाभुत विद्यालयमा दुईवटा अत्याधुनिक सुविधा सम्पन्न शौचालय निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको छ ।
शुक्रबार एक समारोहका बीच उतm शौचालयको चौवी गाउंपालिकाका प्रमुख विद्या प्रसाद यादव मार्फत विद्यालयलाई हस्तान्तरण गरिएको क्लबका अध्यक्ष सुनिल कुमार सेन्चुरीले जानकारी दिनुभयो । 
रुपन्देही जिल्लाको दक्षिणी वेल्ट र भारतीय सिमानाका नजिकै रहेको सरस्वती आधारभुत विद्यालयमा  ३ सय बढी विद्यार्थी अध्ययनरत रहेको र शौचालयको उचित व्यवस्था नरहेको जानकारी आएसंगै लायन्स प्रोग्रेसिपले शौचालय निर्माण थालेको थियो । करीब २ लाखको लागतमा निर्माण गरिएका पक्की शौचालय विद्यालयलाई हस्तान्तरण गरिएसंगै विद्यालय परिवारमै खुशी छाएको विद्यालयका प्राचार्य रिता थापाले बताउनुभयो । 

bbb.jpg
हस्तान्तरण कार्यक्रममा आफ्ना भनाई राख्दै गाउंपालिका प्रमुख विद्या प्रसाद यादवले पालिकाले यसको संरक्षण र सही प्रयोमा ध्यान दिने प्रतिवद्धता जनाउनुभयो ।  कार्यक्रमका प्रमुख अतिति लायन्स ३२५ पि नेपालका डिष्ट्रिक गभरनर नवराज न्यौपानेले सरकार पुग्न नसकेको ठाउंमा सहयोगीको रुपमा लायन्स पुग्ने बताउनुभयो । 
क्लवका अध्यक्ष सुनिल कुमार सेन्चुरीको अध्यक्षता डिष्टिक गभरनर नवराज न्यौपानेको प्रमुख आतिथ्यता, गाउंपालिका अध्यक्ष विद्या प्रसाद यादवको विशिष्ट आतिथ्यता, डि.को. राजेश खरेल, वनरनी एडभाईजर प्रेस कुमार सेन्चुरी लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको कार्यक्रम संयोजक चन्द्रिका धवलले जानकारी दिनुभयो । कार्यक्रमको संचालन क्लबका सचिव संजोगराज तिवारीले गनुभएको थियो । 


लुम्बिनी चिन्तन

थप समाचार