भैरहवा । सुकदेव गुरुङलाई राष्ट्रिय शहिद घोसणा गर्न माग गर्दै स्मृति दिवस मनाइएको छ ।
शहिद शुकदेव राष्ट्रिय कार्यदल नेपाल संयुक्त भेला आयोजक समितिले राणाकालमा शहिद भएका गुरुङको १४४ ओैं स्मृति दिवस मनाउदै भैरहवामा गुरुङलाई विभिन्न ऐतिहांसिक प्रमाणको आधारमा सरकारले शहिद घोषणा गर्नु पर्ने माग गरे ।
राणा शासन विरोधी आन्दोलनका १८ वर्ष जेल जीवन बिताउने क्रममा जेलमै मारिएका गुरुङलाई सरकारले अहिलेसम्म शहीद घोषणा नगरेर अन्याय गरेको गुरुङ्ग अगुवाहरुको आरोप छ ।

शहिद कुनै पनि जाती, दल वा व्यक्तिको नभएर देशको रहेकोले राष्ट्रिय अभियान मार्फत राष्ट्रिय शहिद घोसणा गर्न माग गरिएको कार्यदलका संयोजक धनबहादुर गुरुङले बताए । हामीले १९३३ सालबाट सुरु गरेको आन्दोलन राज्यले अहिले सम्म सुनुवाई गरेको छैन, देशको परिवर्तनमा योगदान दिनेलाई अहिले सम्म शहीद घोषणा नगरेकोले प्रदेश सरकारको सदनबाट र देशका प्रमुख दल, सासद, मार्फत दबाब दिन कार्यदल बनाएर राष्ट्रिय रुपमा जागरण र संघर्षको कार्यक्रम गर्दै आएको संयोजक गुरुङले बताए ।
स्मृति दिवस कार्यक्रमको प्रमुख अतिथि तमु ह्युल छोंज दी का केन्द्रिय अध्यक्ष रेशम गुरुङले सुकदेवलाई कुनै जातजाती भन्दा पनि लोकतान्त्रिक गणतन्त्र स्वीकार्ने हरेक नागरिकको शहिद मानेर राष्ट्रिय शहिद घोषणा गर्नुपर्ने बताए । त्यो असहज परिस्थितिमा सुकदेवले राष्ट्रका लागि गरेको योगदानको मुल्यांकन हुन ढिला भईसकेको उनको भनाई छ ।
कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिकाका मेयर हरि प्रसाद अधिकारी, रुपन्देही जिल्ला संरक्षक समितिका सभापति टेक बहादुर गुरुङ, सल्लाहकार झम बहादुर गुरुङ, जनमुक्ति पार्टीका केन्द्रिय सचिव केशव सुर्यवंशी, नेकपा एमालेका हितराज पन्थी लगायतले शहिदहरु सहिद शुकदेव गुरुङले देशको लागि दिएका बलिदान धेरै नै महत्त्वपूर्ण रहेको छ । देशको लागि उनले गरेको योग्दानको कुनै मुल्य छैन ज्यान नै देशकालागि समर्पित गरेका गुरुङलाई शहिद सहिद घोषणा गर्ने अभियानमा साथ रहेको बताए ।
कार्यक्रम तमु ह्युल छोज दी रुपन्देहका सचिव ओम गुरुङले स्वागत गर्दै कार्यक्रमबारे प्रकाश पारेका थिए । कार्यक्रममो संचालन कार्यदलका सचिव संजय गुरुङले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथी गुरुङले बम्रेली टोल स्थित शुकदेव गुरुङको शलिकमा माल्र्यापण र खादा लगाएका थिए ।


