भैरहवा । सियारी रुपन्देहीको सियारी गाउपालिका वडा नम्बर ३ हर्नैयामा स्तनपान आमा कार्यक्रम घरदैलोबाट शुरु भएको छ।
सियारी गाउपालिका -३ स्थित लुम्बिनी आयुर्वेद चिकित्सालय बुटवल नागरिक आरोग्य सेवा केन्द्रले महिला स्वयं सेविकाको समन्वयमा स्तनपान आमा कार्यक्रम अन्तरगत वडा नम्बर ३ अन्तरगत टोल टोलमा सुत्केरी महिलाहरुको घरमा पुगि दुग्ध वर्धक औषधि वितरण तथा स्वास्थ्य जाच तथा परामर्स सेवा कार्यक्रम सम्पन्न गरिएको हो । नागरिक आरोग्य सेवा केन्द्र सियारी -३ हर्नैयाका कविराज जीवन पोख्रेल र सहयोगी कर्मचारी ममता गुप्ता सहितको टोलि तथा स्थानीय महिला स्वयं सेविकाको सहयोगमा सुत्केरी महिलाहरूको स्वास्थ्य जाँच , परामर्श साथसाथै दुग्ध वर्धक औषधि वितरण गर्ने कार्य भएको थियोे ।