Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

भारतमा लेडि डन भनेर चिनिने गिता तिवारी रुपन्देही प्रहरी द्धारा पक्राउ


  • लुम्बिनी चिन्तन
  • आषाढ २१, २०८० बिहिवार
  • 720
    SHARES

भारतमा लेडि डन भनेर चिनिने गिता तिवारी रुपन्देही प्रहरी द्धारा पक्राउ


भैरहवा असार २१,
भारतमा लेडि डन भनेर चिनिएकी उत्तर प्रदेश गोरखपुर बस्ने ४३ बर्षिय गिता तिवारीलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । 
रुपन्देहीको बिभिन्न स्थानमा भएका चोरीका  चार वटा घटनामा सम्लग्न भएको आरोपमा रुपन्देही प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरिक्षक भरत बिकले जानकारी दिए ।

356971354_981328486354450_188214041271402495_n.jpg
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बिहिवार पत्रकार सम्मेलनको आयोजना गरि उनको साथ बाट कटुवापेस्तोल जस्को देखीने थान एक , १३ राउण्ड गोली , २ थान खुकुरी , एक थान चक्कु , लु २८ प १३६२ नम्बरको मोटरसाईकल , युपी ५३ ईएम १०५० टिभिएस स्कुटी , मोवाईल पांच थान , सानो ग्यास सिलिण्डर एक थान , ग्यास कटर एक थान , नेपाली रुपैया ७ हजार ६ सय ६५ रुपैया , भारत्यि रुपैया ५ हजार ४ सय ४५ , र राजु थारु नामको बैकको चेक बुक समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपि श्यामु अर्यालले जानकारी दिए ।
भरतमा लेडि डन भनेर बिभिन्न लुटपाटका घटनाहरुमा सम्लग्न रहेको र पटक पटक प्रहरी नियन्त्रणमा पनि रहेको रुपन्देही प्रहरीका प्रहरी उपरिक्षक भरत बिकले जानकारी दिए । पक्राउ परेका गिता तिवारी संगै अन्य चार जना पुरुषहरु पनि रहेको र उनिहरु फरार रहेको प्रहरीले जनाएको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडानं २ वाटिका स्थित दिपक यादवको एक तले घरमा भाडा लिई बसेर रुपन्देहीको बिभिन्न स्थानहरु चोरी कार्यमा सम्लग्न रहेको प्रहरीले जनाएको छ । 
उनिहरुले बैशाख ९ गते रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडानं ३ बस्ने हेमन्त कुमार हलुवाइृको घर बाट ५० लाख मुल्य वरावरको धनमाल चोरी गरेका थिए । त्यसैगरी बैशाख २३ गते सिद्धार्थनगर नगरपालिका वडानं ३ मा रहेको डाक्टर नगेन्द्र चोधरीको घरबाट सुनका गरगहना , ल्यापटप , नगद गरि तिन लाख बरावरको धनमाल लुटपाट गरेका थिए । त्यसैगरी जेठ ३ गते सिद्धार्थनगर नगरपालिका वडानं ८ अन्नपुर्ण टोलमा हुमनाथ पाण्डेयको घर बाट ल्यापटल ४ थान , मोवाईल एक थान , सुनको औठी एक थान र नगद ६० हजार चोरी गरेका थिए । 
त्यसैगरी असार ११ गते सिदार्थनगर नगरपालिका वडानं ९ मा रहेको श्याम सुन्दर अग्रवालको घर बाट सुनको वाला चार थान , सुनको सिक्री एक थान , सुनको ब्रासलेट एक थान , चांदीको भाडा , हिराको औठी एक थान , हिराको ब्रासलेट एक थान , आईफोन एक थान, नगद एक लाख १५ हजार लगायतका समानहरु चोरी गरेको घटनामा पक्राउ परेकी गिता तिवारीको प्रत्यक्ष संम्लग्नता देखीएको प्रहरी उपरिक्षक भरत बिकले जानकारी दिए ।

 


लुम्बिनी चिन्तन

थप समाचार