Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

आगालागि पिडित साथीकाे परिवारलाई सहपाठी र शिक्षकले गरे सहयोग


  • लुम्बिनी चिन्तन
  • चैत्र १२, २०७७ बिहिवार
  • 2.1K
    SHARES

आगालागि पिडित साथीकाे परिवारलाई सहपाठी र शिक्षकले गरे सहयोग

भैरहवा । अगालागि पिडित विद्यार्थीलाई शिक्षक, कर्मचारी र विद्यार्थीहरुले सहयोग गरेका छन ।
रुपन्देही लिालराम न्यौपाने माविमा अध्ययनरत कक्षा ११ का लक्ष्मी मुखियाको घरमा आगालागि भई घर सहित सबै बस्तु नष्ट हुदा विद्यार्थीहरुले स्वतस्फुर्त रुपमा रकम संकलन गरी सहयोग गरेका हुन ।
घरमा कोही नभएको बेला विधुत सर्ट भई सोमबार आगालागी भएको थियो । आगालागि पश्चात स्कुलमा साप्ताहिक विदा माग्न पुगेका मुखियाले साथीहरुलाई समस्या जानकारी गराएपछि साथीहरुले स्वतस्फुर्त रुपमा रकम संकलन गरेका थिए । साथी समस्यामा परेर  विद्यार्थीहरुले रकम संकलन गरेको जानकारी विद्यालय प्रशासनलाई आएसँगै शिक्षक र कर्मचारी पनि संकलन कार्यमा सहभागी हुनु पर्छ भनेर उनीहरुलार्र्र्र्र्र्र्र्र्र्र्र्ई साथ दिएका थिए ।

sahyog (4).jpeg
करिब ८ सय ५० जना अध्ययनरत विहानी समूहका विद्यार्थीहरुबाट २८ हजार ८ सय ६९ रुपैया र कार्यरत शिक्षक र कर्मचारीबाट १८ हजार ९ सय ३० रुपैया गरी कुल ४७ हजार ७ सय ९९ रुपैया रकम संकलन भई सहयोग भएको छ । संकलित रकम पिडित मुखिया र परिवारलाई विद्यालयका प्राचार्य गणेश भट्टराईले हस्तान्तरण गरेका हुन । समस्याको बेला सानो पनि सहयोग होस भन्ने अभिप्रायले स्वतस्फुर्त आ–आफनो इच्छा अनुसार सबैले रकम संकलन गरेका थिए । रकम हस्तान्तरण गर्दै प्राचार्यले समस्या जो कोहीलाई जति बेला पनि पर्न सक्छ, एक अर्काको सहयोग सबै जुट्नु पर्ने बताए । विद्यार्थीहरुको अगुवाईमा भएको रकम संकलन गर्ने कार्य सराहनिय र उदाहरणीय भएको छ । विद्यालयको कुनै पनि सदस्य समस्यामा पर्दा हामी छौ भन्ने उदाहरण यो कार्यबाट पेश भएको छ प्राचार्य भट्टराईले भने ।

sahyog (2).JPG
सहयोग रकम लिदै अभिभावक मुखियाले उक्त रकम पहिला छोरा छोरीको शैक्षिक सामाग्री किताब कपी डे«स लगायतमा खर्च गर्ने बताए । म रिक्सा चलाएपनि मेरो प्राथमिकता छोरा छोरीको शिक्षा नै हो त्यसैले पहिला त्यो पुरा गरेर मात्र अन्य काम गर्ने बताए ।  
सोमबार विहान मुखियाका बुवा जोगेन्द्र मुखिया रिक्सा चलाउन गए, उनी पढ्न विद्यालय आए पछि घरमा विधुत सर्ट भई आगालगि भएको थियो । घरमा कोही नभएको बेला आगालगि भएर घर भित्र रहेको सबै बस्तु जलेर नष्ट भयो, टिनको छाना रहेको उक्त घर पनि नष्ट भएको छ । अहिले जसो तसो बाहिर सुत्ने गरेका छौ अभिभावक मुखियाले भने ।

sahyog (1).jpeg
सिद्धार्थनगर वडा नम्बर १३ मा बस्दै आएका मुखियाको ५ जनाको परिवार छ, सोमबार आगोलागेर सबै नष्ट भएपनि अहिले सम्म कसैले सहयोग गरेको छैन, स्थानीय सरकारलाई अवगत गराएपनि कुनै सहयोग आएको छैन । बच्चाहरुको सबै कपडा, ल्यापटप, किताब कापी जलेर गयो टिनले छाएको घर पनि सबै पूर्ण रुपले नष्ट भएको छ फेरी बनाउनु पर्छ ५ लाख बढिको सामान जलेर गयो मुखियाले भने ।   

sahyog (1).JPGsahyog (2).jpegsahyog (3).jpeg


लुम्बिनी चिन्तन

थप समाचार