Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

सिद्धार्थ सञ्जाल सबैको साझा हुनुपर्छ ः मेयर खान


  • लुम्बिनी चिन्तन
  • श्रावण २२, २०८० सोमवार
  • 302
    SHARES

सिद्धार्थ सञ्जाल सबैको साझा हुनुपर्छ ः मेयर खान


भैरहवा, साउन २२/
सिद्धार्थ सञ्जाल रुपन्देही यस क्षेत्रका सबै संघसंस्थाको साझा संस्था बनाउनु पर्नेमा सिद्धार्थनगर नगरपालिकाका प्रमुख ईस्तियाक अहमद खानले जोड दिएका छन्।
सोमबार सिद्धार्थनगर देवकोटाचोकस्थित होटल नान्समा रहेको सञ्जालको कार्यालय उद्घाटन गर्दै नगर प्रमुख खानले गौतमबुद्ध अन्तराष्ट्रिय एयरपोर्ट पुर्ण सन्चालनदेखि नगरको विकासमा सिद्धार्थनगरले सञ्जालको साथ खोजिरहेको बताए । उनले भने “पवित्र उद्देश्य राखेर गठन गरिएको सञ्जालमा सबै संघसंस्था आवद्ध हुनुको विकल्प छैन् । किनकि सबै एक भएर लाग्दा त्यसको परिणाम हामीले चाहेजस्तो पाउंछौं ।

एक्लाएक्लै हिड्न थाल्यौ भने कुनै पनि एजेण्डामा वलियो हुन सक्दैनौं । ” सिद्धार्थनगर पालिकाको सरसफाई, हरियाली तथा समग्र विकासमा सिद्धार्थ सञ्जालले सकारात्मक साथ दिनेमा प्रमुख खानले विश्वास व्यतm गरे । कार्याक्रममा सञ्जालका सल्लाहकार समाजसेवी तथा भैरहवा मर्निङ्गवाक समुहका अध्यक्ष ओमकार गौचनले संस्थाको विषयमा बिचमा केही भ्रमपुर्ण हल्लाहरु ग्रिएपनि वास्तविकता त्यस्तो नरहेको आफुले बुझेकोले सञ्जालका हरेक कार्यक्रमलाई साथ दिने प्रतिवद्धता जनाए । उनले भने “सञ्जाललाई वलियो जनाउन यहांका सबै संघसंस्था लाग्नु पर्छ । यसमा मेरा पुरा साथ रहन्छ । ” यस क्षेत्रका समस्याहरुलाई सामुहिक रुपमा उठाउन र सम्बन्धित निकायलाई दवाव श्रृजना गर्ने उद्देश्यले गठन गरिएको सञ्जालले सबै लाई समेटेर अघि बढ्ने अध्यक्ष अनिल कुमार ज्ञवालीले  जानकारी दिए ।

उनका अनुसार सञ्जालले बैंक व्याजबाट पीडित, विमानस्थल संचालन, विकास निर्माणमा भईरहेको ढिलासुस्ती, सिमानाका व्यवस्थित गर्न दवाव श्रृजना गर्ने लगायतका उद्देश्य राखेर सञ्जाल अघि बढेको स्पष्ट पारे । सञ्जालले पीडितको पक्षमा, सामाजिक शुसासन तथा यस क्षेत्रको आर्थिक चलायमान, पर्यटन विकासमा महत्वपुर्ण भुमिका खेल्ने सञ्जालका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रकाश श्रेष्ठले जानकारी दिए ।

सञ्जालका महासचिव सम्झना शर्माको संचालन, वरिष्ठ उपाध्यक्ष चन्द्र प्रकाश श्रेष्ठको स्वागतमा सम्पन्न कार्याक्रममा सञ्जालका सल्लाहकार राम बहादुर कोईरी, उपाध्यक्ष संजय बजिमय, कोषाध्यक्ष दिपक कौशल लगायत सदस्यहरुको उृपस्थिति रहेको थियो । दुई महिना अगाडिमात्र जिल्ला प्रशासनमा दर्ता भई आधिकारिता पाएको सञ्जालले यही साउन २६गते प्रथम अधिवेशन गर्दैछ । विधानत सञ्जालमा यस क्षेत्रका व्यवसाियक तथा सामाजिक संघसंस्था सदस्य रहनेछन् । 


लुम्बिनी चिन्तन

थप समाचार