Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

लुम्बिनी प्रदेश सरकारले गर्याे ४ दिन विदा दिने निर्णय


  • लुम्बिनी चिन्तन
  • चैत्र १३, २०७७ शुक्रवार
  • 2.6K
    SHARES

लुम्बिनी प्रदेश सरकारले  गर्याे ४ दिन  विदा दिने निर्णय

बुटवल।  लुम्बिनी प्रदेश सरकारले आगामी २०७८ सालको लागि ४ दिन प्रदेश भर र समुदाय लक्षित विदा दिने निर्णय गरेको छ। 
शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले संघिय सरकारले व्यवस्था गरेको विदामा प्रदेशको लागि केही विदा थप गर्ने निर्णय गरेको हो।

जस अनुसार चार दिन प्रदेशभर सार्वजनिक बिदाको व्यवस्था गरेको छ।  तिथी अनुसार बकर इद, माघी पर्वको अवसरमा माघ दुई गते, श्रीकृष्ण जन्माष्टमीको दिन भदौ १४ गते, प्रदेश स्थापना दिवसको अवसरमा फागुन ३ गते प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको हो।

यस बाहेक एक दिन स्थानिय तहले आफ्नो क्षेत्रको आवश्यकता अनुसार विदा दिन पाउने छन्। त्यसै गरी भूमेपर्वको अवसरमा रोल्पा र रुकुम जिल्लाको लागि एक दिन विदा सार्वजनिक विदा छुट्याइएको छ।

थारु समुदायले मनाउने बड्का अतवारी पर्वमा दाङ, बाँके र वर्दिया जिल्लामा एक दिन विदाको व्यवस्था गरिएको छ। भगवती जात्राको दिन पाल्पा जिल्लामा पनि सार्वजनिक विदा हुने छ। रमजान पर्व (इद)को अवसरमा मुश्लिम समुदायको लागि सार्वजनिक विदा दिइएको छ। 


लुम्बिनी चिन्तन

थप समाचार