Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

आत्मरक्षा तालिम सुरू


  • लुम्बिनी चिन्तन
  • चैत्र १३, २०७७ शुक्रवार
  • 842
    SHARES

आत्मरक्षा तालिम सुरू

बुटवल । लुम्बिनी प्रदेशका सामुदायिक विद्यालयमा अध्ययरत किशोरीहरुलाई आत्मरक्षा तालिम दिईने भएको छ । प्रदेशका १२ जिल्लाका विभिन्न सामुदायिक विद्यालयहरुबाट छनौट गरि ३ सय छात्राहरुलाई पहिलो चरणमा आत्मरक्षा तालिम दिईने भएको हो ।
सामाजिक विकास डिभिजन कार्यालय भैरहवाको आयोजनामा हुने ३ महिने तालिमको शुक्रबार एक समारोहका बिच नवीन औधोगिक कदर बहादुर रिता माविमा लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयका सामाजिक विकास महासाखाका प्रमुख शारदा बेल्वासेले शुभारम्भ गर्दै छात्राहरुमा आत्मबल बढाउने यस्ता कार्यक्रम महत्वपूर्ण भएको दाबी गरिन । तालिममा मोटिभेसन, मेडिटेसनसंगै शारिरिक प्रशिक्षण दिईने उनले बताईन । यो एउटा प्लेट फर्म समेत भएको भन्दै भविष्यमा प्रदेशमा संचालन हुने विभिन्न खेलकुद प्रतियोगितामा अवसर पाउने सम्भावना रहने दाबी गरे । प्रदेशको गुल्मी, नवलपरासी जिल्लामा समेत आत्मरक्षा तालिम शुरु भैसकेको उनले बताईन ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले तालिम प्रभावकारी बनाउन सरकारको सहयोग महत्वपूर्ण रहेको बताए । कार्यक्रममा सामाजिक विकास डिभिजन कार्यालयका प्रमुख दिवाकर भण्डारीले नवीन औधोगिक, प्रगति मावि, तिलोत्तमा मावि र नहरपुर माविका २५ जना छात्राहरुलाई प्रशिक्षण दिइने बताए । तालिममा ४ वटा विद्यालयका सहभागी २५ जना छात्राहरुलाई पोशाक र खाजाको ब्यवस्था गरि प्रशिक्षण दिईने बताए । भौतिक रुपमा नमुना, सुविधासम्पन्न नबिन मावि परिसरमा प्रशिक्षण दिईने उनले बताए । 
कार्यक्रममा विद्यालयका प्रशिक्षक नवराज खरेलले मार्शल आर्टमा आत्मरक्षालाई अनुसासित ढंगबाट देखाईने एउटा कला मानिने बताए । विद्यालयस्तरमा प्रशिक्षणको तालिम गराएर नया ढंगबाट अघि बढाएर व्यापक गराउने काम भएको बताए । 
कार्यक्रममा सामाजिक विकास मन्त्रालयका उपसचिव तारा ज्ञवाली, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कृष्ण खरेल, प्रधानाध्यापक प्रेम बहादुर बस्नेत, प्रगति मावि सिल कुमारी अर्याल, तिलोत्तमा माविका ईश्वरी रेग्मी, नहरपुर माविका मेघराज भुषाल, डिभिजन कार्यालय अधिकृत श्याम न्यौपानेले छात्राहरुलाई सशक्तिकरण गर्ने अभियानमा सबैको साथ जरुरी हुने बताए । 

 


लुम्बिनी चिन्तन

थप समाचार