भैरहवा । सिद्धार्थ उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यससिमतका पदाधिकारी तथा सदस्यले पदभार ग्रहण गरेका छन । हालै सम्पन्न ६२ औँ साधारण सभा तथा महाधिवेशनबाट निर्वाचित अध्यक्ष भिष्म प्रसाद न्यौपानेले मुख्य निर्वाचन अधिकृत शिव प्रसाद गौडेलबाट पद तथा गोपनियताको शपथ लिदै पदभार ग्रहण गरेका हुन ।
पदस्थापन कार्यक्रममा बोल्दै प्रमुख अतिथी खाणले जनता केन्द्रित अर्थतन्त्र र निति निर्माण गर्नु पर्ने बताए । नेपालमा धेरै ठूला परिवर्तन भए पनि परिवर्तनलाई जोगाउने, परिस्कृत र जनताको पक्षमा रुपान्तरण गर्ने हाम्रो क्षमतामा छैन । हामीले कमीकमजोरीलाई स्वीकार नगरे सम्म परिवर्तन ल्याउन नसक्ने बताए । 
नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक समेत रहेका खाँणले जनताले हामीलाई प्रतिपक्षमा बस्न म्याण्डेट दिएकोले सरकारमा जान हतार गर्दैनौ । सरकारले उद्योग व्यवसाय क्षेत्रमा ठूलो परिवर्तन ल्याएपनि त्यसलाई महसुस र अनुभुत गर्न नसकेको बताए । सरकारले उद्योगी व्यवसायीले धेरै कमाए भनेर डरायो भने देशको अर्थतन्त्र कहिले पनि उकासिदैन, उद्योगी व्यवसायीलाई प्रोत्साहन दिएर कमाए पो बढि मात्रामा कर लिए मात्र मुलुक समृद्ध बन्छ ।
साे अवसरमा बोल्दै विशिष्ट अतिथी नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले सिद्धार्थ उद्योग वाणिज्य महासंघको पुरानो जेष्ठ सदस्य रहेकोले यहाहरुको सल्लाह सुझावलाई लिएर व्यवसायीका समस्या समाधान गर्न महासंघ एकढिक्का भएर लाग्ने बताए । उद्योगी व्यवसायीहरुको समस्या सुल्झाउन महासंघ गम्भीरतापूर्वक लाग्ने प्रतिबद्धता जनाए ।
अध्यक्ष न्यौपानेले कार्यसमितिमा ३ जनालाई मनोनित सदस्यको रुपमा मनोनयन गरेका छन । पर्यटन सदस्य तर्फ संजय वाजिमय, उद्योग तर्फ सन्दिप अग्रवाल र वाणिज्य तर्फ डोलकान्त न्यौपानलाई मनोनयन गरेका हुन । त्यस्तै सल्लाहकार समितिको रुपमा माधवलाल श्रेष्ठ, धु्रव कुमार श्रेष्ठ, ओमकार गौचन, रामशंकर कान्दु, कृष्ण प्रसाद शर्मा महेन्द्र कुमार श्रेष्ठ, विष्णु प्रसाद शर्मा, रामकुमार शर्मा गरी ८ सदस्यीय सल्लाकार समिति । संघको विधान अनुसार महासंघको प्रतिनिघित्व गर्ने राजेशकुमार अग्रवाललाई पनि सल्लाहकारको रुपमा र कानुनी सल्लाहकारको रुपमा शिव प्रसाद गौडेललाई मनोनयन गरेका छन । त्यस्तै विधिवत्तको रुपमा डिआर शर्मा, जिवलाल अर्याल, दिपक कुमार पौडेल र सिताराम उप्रेतीलाई चयन गरेका छन । त्यस्तै परामर्श समितिको रुपमा चेतन पन्त, राजेश खरेल, रुपमा हिराचन, लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश केसी, रवि कुमार श्रेष्ठ, नसिम अख्तर खान, जिएन शर्मा, विमल सेञ्चुरी, कुर्वान अलि फकिर, डा शम्भु गुप्ता र पशुपति कान्दुलाई परामर्श दाताको रुपमा चयन गरिएको छ ।
शपथपछि नवनिर्वाचित अध्यक्ष न्यौपानेले पदाधिकारी तथा कार्यसमिति सदस्यलाई पदस्थापन गराएका थिए । अधिवेशनबाट न्यौपानेको अध्यक्षतामा २८ सदस्यीय नया कार्यसमिति निर्वाचित भएको थियो ।

पदस्थापन कार्यक्रममा सविधान सभा सदस्य द्वय आदित्य नारायण कसौधन र इस्तियाक अहमद खान प्रदेश सभा सदस्य सन्तोस पाण्डे, उद्योग वाािण्ज्य संघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्मा, नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष केशव भण्डारी लगायतले शुभकामना मनतव्य राखेका थिए । सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष कुल प्रसाद न्यौपानेको अध्यक्षतामा भएको पदस्थापन अघिको कार्यक्रमको संचालन महासचिव नेत्र आचार्यले गरेका थिए भने हालका महासचिव विजय पाण्डेले पदस्थापन पछिको कार्यक्रम संचालन गरेका थिए ।