भैरहवा । जेसिआई सिद्धार्थ लेडी नेपालले सदस्यहरुलाई एक दिने तालिम दिएको छ ।
नेतृत्व र व्यत्तित्व विकास गर्ने उदेश्यले लोम अफिसर प्रशिक्षण तालिम दिएको हो । कार्यक्रममा नेपाल जेसिजका राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष तथा रामनगर जेसिसका पूर्व अध्यक्ष भोजराज चापागाँईले प्रशिक्षण दिएका हुन ।
कार्यभार सम्हालेपछि पदअनुसारको काम कर्तव्य के कसरी गर्ने बारे जानकारी दिने उद्देश्यले लोम अफिसर तालिम दिएको जेसिआई सिद्धार्थ लेडी नेपालकी अध्यक्ष रिमा न्यौपानेले बताइन ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिद्धार्थ उद्योग वाण्ज्यि संघका अध्यक्ष भिष्मप्रसाद न्यौपाने, जेसिआई सिद्धार्थका अध्यक्ष गोपाल ज्ञवाली, जेसिआई सिद्धार्थ लेडीका पूर्व अध्यक्ष अञ्जु जैशी, निवर्तमान अध्यक्ष तुलसा भुसालले लगायतले सामाजिक कार्यका साथै आफ्नो नेतृत्व र व्यत्तित्व विकास गर्न सस्थाले भुमिका खेलेको बताए । नेतृत्व र व्यतित्व विकासले मात्र देशको सकारात्मक विकास हुने तालिमले के कसरी काम गर्ने, समाजको रूपान्तरणका लागि सकारात्मक भावना पैदा गराउने विश्वास व्यक्त गरे ।
शाखाकी अध्यक्ष न्यौपानेको अध्यक्षता,मन्दिरा भण्डारीको आस्थापाठ, अनुपा पाण्डेको सञ्चालन, तालिम संयाेेेजक गिता गैरे बञ्जाडेको स्वागतमा सम्पन्न उक्त तालिममा २५ जना सदस्यको सहभागिता रहेको थियो ।