Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

डिसीसीएमसी रुपन्देहीको बैठक : भिडभाड रोक्ने देखि सिमापरि बजार गर्न जान नपाइने निर्णय


  • लुम्बिनी चिन्तन
  • चैत्र १४, २०७७ शनिवार
  • 812
    SHARES

डिसीसीएमसी रुपन्देहीको बैठक : भिडभाड रोक्ने देखि सिमापरि बजार गर्न जान नपाइने निर्णय

भैरहवा । जिल्ला स्तरिय कोभिड १९ संकट ब्यवस्थापन केन्द्र (डिसीसीएमसी) रुपन्देहीले सबै पालिकाहरुलाई क्वारेन्टाईन र आईसोलेसन केन्द्र तयार पार्न निर्देशन दिएको छ ।
भैरहवामा बसेको केन्द्रको बैठकले संक्रमणको सम्भावनालाई मध्यनजर गरी क्वारेनटाइन, आइसोलेसन केन्द्रहरूलाई तयारी अवस्थामा राख्न निर्देशन दिएको हो । बढ्दो संक्रमणलाई ध्यानमा राख्दै सीमामा थप सर्तकता अपनाउने,  स्वास्थ्य केन्द्रबाट प्रवाह गर्ने सेवालाई अझ प्रभावकारी बनाउने, सीमामा भएको आवागमनलाई  ब्यवस्थित गर्ने, बेलहिया नाका हुदै भारतबाट आउने नागरिकहरुलाई नाकामा स्थापना भएको हेल्थ डेस्कमा अनिवार्य स्वास्थ्य चेकजाँच गरि उनिहरुको अभिलेख राखिने लगायतको निर्णय भएको डिसीसीएमसीका संयोजक एवम रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी दिए ।  
बैठकले भिडभाड गरि गरिने मेला, महोत्सव, भेलाहरु रोक्ने, हाल सञ्चालनमा रहेका हाटबजार, बिद्यालय लयागतका क्षेत्रहरुमा प्रभाव नपर्ने गरि अन्य सभा सम्मेलन र भिडभाड युक्त कार्यक्रम नगर्न सबैमा अनुरोध गर्ने भिडभाड युक्त कार्यक्रमले संक्रमणको जोखिम बढ्ने खतरा रहेको हुदा यसलाई रोक्ने बैठकले निर्णय गरेको हो ।
अहिले सञ्चालनमा रहेका सार्वजनिक यातायात, हाटबजार, बिद्यालय लगायतमा पनि कडाईका साथ स्वास्थ्य सम्बन्धि मापदण्ड पालन गर्न लगाउन बैठकले सुरक्षा निकायलाई निर्देशन दिएको छ । भिडभाड हुने क्षेत्रहरुमा मास्क, सेनेटाईजर र सामाजिक दुरीको पालना गर्न केन्द्रले अनुरोध गरेको छ । बैठकले स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगर्नेलाई संक्रमण रोग ऐनबमोजिम कारबाही गर्ने निर्णय भएको छ । 
बैठकले सीमा पारी बजार गर्न जानेको संख्या उत्तिकै रहेकोे भन्दै सुरक्षा निकायलाई उक्त कार्य रोक्न निर्देशन समेत दिएको छ । यस्तै सीमापारीबाट नेपालमा औषधी, घर फर्किने नेपाली लगायतलाई अभिलेख राखि सहज प्रवेश दिईने र नेपाल भ्रमणमा आउने पर्यटकहरुलाई पूर्ण रुपमा रोक लगाउने निर्णय समेत बैठकले गरेको छ । केन्द्रका संयोजक तथा प्रजिअको संयोजकत्वमा बसेको बैठकमा रुपन्देहीका पालिकाहरुका प्रतिनिधी, सुरक्षा निकायका प्रमुख, स्वास्थ्य कार्यालय, ब्यवसायिक संघ संस्था, होटल एसोसिएसनका प्रतिनिधिहरुको उपस्थिति थियो । 
यस अघि स्वास्थ्य मन्त्रालयले विज्ञप्ति निकालेर कोरोना संक्रमण बढ्ने खतरा औंल्याउँदै सभा, सम्मेलन गर्न रोक लगाएको थियो । स्वास्थ्यले खतरा औंल्याएपछि ‘होली खेल्न दिने’ निर्णयबाट प्रशासनपछि हटेको छ । 
भारतको महाराष्ट्र, तामिलनाडु, पन्जाब, मध्य प्रदेश, दिल्ली, गुजरात, कर्नाटक र हरियाणा राज्यमा कोरोना भाइरसको दोस्रो लहर देखिएको छ । त्यहाँ स्थित रोजगारीमा गएका नेपालीहरू अहिले स्वदेश फर्किने क्रम सुरु भएको छ ।


लुम्बिनी चिन्तन

थप समाचार