Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

विमानस्थलको मुख्यमन्त्रीले गरे निरिक्षण , ३ महिनामा आयोजना सकिन्छ


  • लुम्बिनी चिन्तन
  • चैत्र १५, २०७७ आइतवार
  • 928
    SHARES

विमानस्थलको मुख्यमन्त्रीले गरे निरिक्षण , ३ महिनामा  आयोजना  सकिन्छ

भैरहवा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललेले निर्माणधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनामा उल्ल्ेखीय प्रगति भएको बताएका छन । उपकरण जडान र विदेशी प्रविधिकहरु आउने चुनौतीपूर्ण कार्य हल भएसँगै बनेको परियोजना सम्पन्न गर्ने बलियो अधार बनेको बताए ।cm (2).JPG

विमानस्थलको आइतबार विमानस्थलको स्थलगत निरिक्षण गर्दै मुख्यमन्त्री पोखरेलले उपकरण जडानमा सुरु भएसँगै ३ महिनामा सम्पन्न हुनु भनेकौ हाम्रो लागि खुशीको कुरा हो । मुलुकको गौरवको आयोजनाकै रुपमा रहेको विमानस्थललाई सरकारले एक्सटेन्सन गरी अगाडि बनाउने र अन्तराष्ट्रिय स्तरमा अपग्रेड गर्दै लैजाने र नेपालकै महत्वपूर्ण विमानस्थलको रुपमा स्थापित हुने बताए । समयमा संचालन गर्ने कुरामा परिक्षण उडानको खाचो छ, नागरिक उड्डयन प्राधिकरण र मन्त्रालयले छिटो व्यवस्थापन गरे यही आवमा विमानस्थलमा अन्तारष्ट्रिय जहाज उडान अवतरणको अवसर प्राप्त गर्ने बताए । प्रदेश सरकारले निर्माणको क्रममा आवश्यक निर्माण सामाग्री पहिलै देखि नै सहजीकरण गर्दै आएको छ, अहिले पनि एप्रोच सडक निर्माणका लागि सहयोग गर्ने बताए ।     cm (1).jpg

चिन, अमेरिका, अष्ट्रीया, थाइलेण्डबाट दक्ष जनशक्ति आउनु पर्ने भए पनि थाइलेण्ड का प्रविधिकहरु जोखिमका कारण आज सम्म पनि आउन मानेका छैन । प्रविधिककै कारण समस्या थियो  केही विदेशी र नेपाल भारतकै जनशक्तिबाट अहिले ९६ प्रतिशत निर्माण सम्पन्न भएको विमानस्थल निर्माण आयोजना प्रमुख इन्जिनियर प्रवेश अधिकारीले बताए ।cm (5).jpg

विफ्रिङमा आयोजना प्रमुख अधिकारीले आइसीबी १ तर्फ ५ प्रतिशत मात्र लाइट जडानको काम बाकी रहेको बताए । अबको २ महिनामा सबै उपकरण जडान गर्न सक्छौ त्यसपछिको एक महिनामा परिक्षण उडान गरेर विमानस्थल सञ्चालन योग्य हुन्छ । परिक्षण उडानको सम्झौता थाईसँग भएपनि बैकल्पीक रुपमा भारत र अष्ट्रिया सँग गर्ने विषयमा पनि छलफल भइरहेको छ । अहिले उपकरणहरु अधिकांस फिल्डमा आएर जडान पनि भइसकेका छन केही जडानको क्रममा छन वाइरिङको केही काम मात्र बाकी छ , सबै भन्दा क्रिटिकल काम एसी डक्टको काम भइरहेको छ, उपकरण जडान र संरचना निर्माणको काम धेरै अगाडि बढेको छ अधिकारीले भने cm (3).jpg

क्यालिभ्रेसन फलाइटका लागि थाइलेण्डबाट प्रािवधिकहरु आउन सहज छैन, त्याहाको सरकारले अनुमति दिएको छैन । रनवेको केही सेन्ट्रल लाइटहरु मात्र जोड्न बाकी छ, एप्रोज, रनवे रटयाक्सी वेको साइड लाइट, एप्रोन सिभिल कम्पोनेन्ट, रनवेको ग्रेडिङ्ग भइरहेको छ । त्यस्तै उपकरण जडान तर्फ भिओआर, ग्लोबलाइज ऐन्टिना, नेटको स्टेशनहरुको काम सकिएको छ । अमेरिकन अष्ट्रियनले कन्ट्रोल टावरको काम काम गरिरहेका छन । चाइनाबाट एसीको लागि टेस्टिङ र कमिसनीङको काम र केही थाईका प्रविधिकहरु आउने काम बाकी छ । समग्रमा विमानस्थल संचालनका लागि चाहिने महत्वपूर्ण उपकरणहरु आइसीबी १ र आइसीबी २ को छोटो समयमा नै सकिन्छ । अधिकारीले भने ।cm (4).jpg

१५ जनवरी २०१५ मा सुरु भएको आयोजनाकोे म्याद थप सहित डिसेम्बर ३० सम्मको समयावधि थियो । ६ अर्ब ८२ करोडको आइसीबी १ को काम र ५० करोड बढिको लागतमा आइसीबी २ को काम निर्माणको अन्तिम चरणमा छ । 

cm (7).jpg


थप समाचार