Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

लियाे क्लब अफ सिद्धार्थनगरको अध्यक्षमा नेपाल


  • लुम्बिनी चिन्तन
  • चैत्र १५, २०७७ आइतवार
  • 1.5K
    SHARES

लियाे क्लब अफ सिद्धार्थनगरको अध्यक्षमा नेपाल

भैरहवा । सिद्धार्थनगरमा  सामाजिक क्षेत्रमा क्रियाशिल संस्था लियो क्लब अफ सिद्धार्थनगरको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले वर्ष २०२१/२०२२  को लागि गौरब नेपालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

जसको प्रथम उपाध्यक्षमा सतिस भुसाल,द्वितीय उपाध्यक्षमा मनिश ढकाल , तृतीय उपाध्यक्षमा कमल परियार , सचिवमा आयुष अधिकारी, सह–सचिवमा गगन नेपाल, कोषाध्यक्षमा ज्योति गुरुङ र सह–कोषाध्यक्षमा बिकास पौडेल  रहेका छन ।

त्यस्तै क्लबको टेल ट्वीष्टरमा सुजता नेपाल,जनसम्पर्क अधिकारीमा सम्झना नेपाल , टेमरमा बिनिता थापा, निर्देशकमा सन्देश के सि,बिबेक भण्डारी,दुर्गेश गुप्ता,मोनिका कोईराला र अनिल बश्याल रहेका छन ।

त्यस्तै क्लबको माइ लायन एप कमिटी प्रमुख मुकेश आग्रहरि,स्वास्थ्य तथा दुर्बेसन जनचेतना कमिटी प्रमुख अनिल आचार्य,खेल्कुद कमिटी प्रमुख अनुज श्रेष्ठ,महिला तथा बालबालिका कल्याण कमिटी प्रमुख निलु  पाण्डे,कोष बृद्धि कमिटी प्रमुख समीर जैश, अन्तर्राष्ट्रिय सम्बन्ध कमिटी प्रमुख अनुश्का छेत्री,सदस्यता वृद्धि कमिटी प्रमुख बिमल गौतम रहेका छन ।

कार्यक्रममा प्रमुख अतिथि पाष्ट डिष्ट्रिक अध्यक्ष  शार्दुल मयुर कसौधन, क्लबका पाष्ट अध्यक्ष गौतम गुप्ता,क्लबका पाष्ट अध्यक्ष अरुण पन्थी, निर्वाचन अधिकृत  सञ्जय सिंह के.सी तथा सुमन अधिकारि लगायतले शुभकामना मनतव्य दिएका थिए ।


लुम्बिनी चिन्तन

थप समाचार