Logo
२०८३, कार्तिक १२ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक १२ गते

याे वर्ष मनसुनबाट १८ लाख नागरिक प्रभावित हुने आकलन


  • लुम्बिनी चिन्तन
  • जेठ २१, २०८१ सोमवार
  • 292
    SHARES

याे वर्ष मनसुनबाट १८ लाख नागरिक प्रभावित हुने आकलन

भैरहवा जेठ २१/

याे वर्षकाे मनसुनबाट करिब १८ लाख एक हजार नागरिक प्रभावित हुने आकलन गरिएकाे छ।

साेमबार बसेकाे विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २३औँ बैठकले मनसुनजन्य विपतबाट ८३ हजार घरपरिवार प्रत्यक्ष प्रभावित हुन सक्न‍े र १८ हजार घरपरिवारलाई उद्धार तथा राहत दिनुपर्ने आकलन गरेकाे हाे। 

साथै बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८१ पारित गरेको छ।  मनसुनजन्य विपतबाट ८३ हजार घरपरिवार प्रत्यक्ष प्रभावित हुन सक्न‍े र १८ हजार घरपरिवारलाई उद्धार तथा राहत दिनुपर्ने आकलनसहित पूर्वतयारीमा लाग्न गृहमन्त्री लामिछानेले आग्रह गरेका छन्। 


लुम्बिनी चिन्तन

थप समाचार