Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

संसद भवनभित्रै गोली लागेको अवस्थामा प्रहरीका एक जवान मृत फेला


  • लुम्बिनी चिन्तन
  • आषाढ ५, २०८१ बुधवार
  • 374
    SHARES

संसद भवनभित्रै गोली लागेको अवस्थामा प्रहरीका एक जवान मृत फेला

भैरहवा, असार ५ । संसद भवनको सुरक्षार्थ खटिएका नेपाल प्रहरीका एक जवान संसद भवनभित्रै गोली लागेको अवस्थामा मृत फेला परेका छन् । प्रहरी जवान दोलखाका अजित गोले गोली लागेको अवस्थामा शौचालयभित्र मृत फेला परेका हुन् । नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले गोले घटनास्थलमै मृत फेला परेको जानकारी दिए । घटनाबारे थप अनुसन्धान भैरहेको छ । उनका अनुसार गोलेको शवलाई सिभिल अस्पतालमा पठाइएको छ । संसद सचिवालयका प्रवक्ता एकराम गिरीले भने उनले गोली हानेर आत्महत्या गरेको बताए । मृतक गोले दोलखाको मेलुङ गाउँपालिका ४ का बासिन्दा हुन् । उनी नेपाल प्रहरीको केन्द्रीय विशेष कार्यदल कपनमा दरबन्दी भई संघीय संसद सुरक्षा बेस नयाँबानेश्वरमा कार्यरत थिए । काठमाडौं प्रहरीका एसपी नवराज अधिकारीका अनुसार आज बिहान उनको ड्युटी ६ बजेदेखि बिहान १० बजेसम्म थियो । उनले करिब ८ बजेतिर आफूले बोकेको इन्सास राइफलले निधारमा गोली हानेका थिए । उनी संसद भवनको दुई नम्बर गेटको वायाँतर्फ रहेको शौचालयमा करिब सवा आठ बजेतिर मृत फेला परेका थिए ।।sansad%252520bhawan_lRSJeZ2c56_arlo4unaefgu3clb0wrdidybw156jovru4dhn52y1uenwxzxwyc3tpvo9bfg_YQ1QA9vM3b_aotir5cyw2bo77udgaor59ip1ggfxlk1jeo96dpv9eeeaw5xgsrv5qahivv0_mOvT1rqMW8_91qjfsi7gcc0hi642zc2dvb07rythe8fwx56s9fv.jpg


लुम्बिनी चिन्तन

थप समाचार