Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

सिद्धार्थनगर–५ मा चुरा र पोते सेट बनाउने तालिम सुरु


  • लुम्बिनी चिन्तन
  • आषाढ ६, २०८१ बिहिवार
  • 390
    SHARES

सिद्धार्थनगर–५ मा चुरा र पोते सेट बनाउने तालिम सुरु

भैरहवा, असार ६ । ‘सीप सिकौं, आत्मनिर्भर बनौं’ भन्ने नाराका साथ बुधबारदेखि भैरहवामा सुरु भएको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ को वडा कार्यालयको आयोजनामा महिलाहरुको लागि ७ दिने चुरा र पोते सेट बनाउने सीपमूलक तालिम सुरु भएको हो । 
उक्त तालिमको सिद्धार्थनगर नगरपालिका–१३ का वडाअध्यक्ष सोम बहादुर गुरुङले उद्घाटन गरे । सो अवसरमा बोल्दै वडाअध्यक्ष गुरुङले यस्ता तालिमले महिलालाई आत्मनिर्भर बनाउन र रोजगारी सिर्जना गर्न मद्दत पुग्ने बताए । महिलाहरुलाई रोजगारीको अवसर सिर्जना गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको सिद्धार्थनगर–५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठले बताए । तालिममा ३० जनाको सहभागीता रहेको श्रेष्ठले जानकारी दिए । उनले भने, ‘आगामी दिनमा पनि यस्ता तालिमलाई निरन्तरता दिदै जानेछौं ।’सिद्धार्थनगर–५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठको अध्यक्षता, १३ का अध्यक्ष सोम बहादुर गुरुङको प्रमुख आतिथ्यता, समाजसेवी केशव प्रसाद गुप्ता, दिपेन्द्रमान श्रेष्ठ, पूर्व वडाअध्यक्ष भरत सिंह बिजुक्छे, रमेश गौतम, लेखनाथ भट्टराई, जीवन क्षेत्री, प्रद्युमन श्रेष्ठ, दुर्गा गुरुङ, वडा सदस्य किरन देवी सुनार, प्रेम नारायण तेली, सीता बुढाप्रिती, निलु श्रीस, वडा सचिव बन्दना उपाध्यायलगायतको उपस्थिति रहेको थियो । वडा सदस्य विनित कुमार बेरिवालको स्वागत तथा वडा सदस्य सरस्वती श्रेष्ठको सञ्चालनमा सिद्धार्थनगर–५ नम्बर वडा कार्यालयमा कार्यक्रम सम्पन्न भएको थियो ।


लुम्बिनी चिन्तन

थप समाचार