भैरहवा, असार ०७ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ कार्यालयले लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा खाद्यान्न सामग्री वितरण गरेको छ । सामाजिक उत्तरदायित्वलाई बहन गर्दै बालबालिकाहरुको सहयोगार्थ बिहीबार खाद्यान्न सामग्री वितरण गरिएको सिद्धार्थनगर–५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठले बताए । वडा र केही वडाबासीको सहयोगमा बालगृहलाई आलु, चामल, दाल, चाउमिन, भुजा, चिउरा, पिठो, तेल, चाउचाउलगायत सामग्री वितरण गरिएको श्रेष्ठले जानकारी दिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि समाजसेवी नारायण प्रसाद अग्रवालले वडा नम्बर ५ को कार्यालयले रचनात्मक कार्य गर्दै आएको बताए । वडा सदस्य सरस्वती श्रेष्ठको सञ्चालनमा भएको कार्यक्रममा वडा सदस्यहरु किरनदेवी सुनार, प्रेमनारायण तेली, विनित कुमार बेरिवाल, पूर्व वडाअध्यक्ष भरत सिंह विजुक्छे, सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका कार्यकारी उपसचिव खगेन्द्र शर्मा, रुपक गुभाजु, मनिष अग्रवाल लगायतको उपस्थिति रहेको थियो ।