Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

लुम्बिनीको विकासका लागि राष्ट्रिय योजना आयोग सकारात्मक


  • लुम्बिनी चिन्तन
  • आषाढ ७, २०८१ शुक्रवार
  • 386
    SHARES

लुम्बिनीको विकासका लागि राष्ट्रिय योजना आयोग सकारात्मक

भैरहवा, असार ७ । राष्ट्रिय योजना आयोगका सदस्य डा।अरनिको कुमार पाण्डेले बुद्ध जन्मस्थल लुम्बिनीको विकासका लागि राष्ट्रिय योजना आयोग सकारात्मक रहेको बताएका छन । शुक्रबार लुम्बिनीको विकासका सन्र्दभमा जानकारी लिदै डा।पाण्डेले ठुला योजनाकासाथै पर्यटकहरुसंग प्रत्यक्ष सरोकार राख्ने साना कुराहरुको पनि विकास गर्नु पर्नेमा जोड दिए । उनले लुम्बिनीको विकासका लागि सकेको सहयोग र पहलकद्मी लिन सधैँ तयार रहेको बताए ।

लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बजेट अभावका कारण बृहत्तर लुम्बिनी गुरुयोजनाको काम अपेक्षाकृत रुपमा अघि वढ्न नसकेको जानकारी दिए । सदस्य सचिव शाक्यले सडक, विद्युत, भवन निर्माण लगायत भौतिक पूर्वाधारको क्षेत्रमा उल्लेख्य प्रगति भए पनि बगैँचा निर्माण र ल्याण्डस्केप लगायतका कामहरु बाँकी रहेको बताए । 

गुरुयोजनामा लुम्बिनी आसपासमा रहेका खोलाहरु व्यवस्थापनको बिषय पनि उल्लेख भएको तर काम अघि वढाउन नसकिएको जानकारी दिँदै उनले गुरुयोजना सम्पन्न गर्नु पर्ने समय लम्बिएका कारण लागतको पूर्नमुल्याङ्कन गर्नु पर्ने आवश्यकता औँल्याए ।


लुम्बिनी चिन्तन

थप समाचार