भैरहवा, असार १० । चट्याङ लागेर बर्दियामा एक जनाको मृत्यु भएको छ । गेरुवा गाउँपालिका–३ गणेशपुरका रोहित थारुको निधन भएको हो । आफ्नै खेतमा जोतिरहेका समयमा चट्याङ लाग्दा थारुको निधन जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । चट्याङ लागेर घाइते भएका थारुको प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा उपचारका क्रममा सोमबार विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।