Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

राष्ट्रिय परीक्षा बोर्ड: एसईईको परीक्षाफल प्रकाशन गर्ने अन्तिम तयारी


  • लुम्बिनी चिन्तन
  • आषाढ ११, २०८१ मंगलवार
  • 392
    SHARES

राष्ट्रिय परीक्षा बोर्ड: एसईईको परीक्षाफल प्रकाशन गर्ने अन्तिम तयारी

भैरहवा, असार ११ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफलको नतिजा प्रकाशन गर्ने अन्तिम तयारी गरेको छ । बोर्डले यसै साताभित्रमा नतिजा प्रकाशनको तयारी गरेको छ । 
यसैगरी, बोर्डले परिक्षाको नतिजा हेर्न सकिने वेबसाइटबारे जानकारी गराएको छ । बोर्डका अनुसार एसईईको नतिजा वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिनेछ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार नतिजा प्रकाशनका लागि १५ संस्थाले अनुमति पाएका छन् । जसमा १० वटा वेबसाइटबाट हेर्न सकिनेछ भने ५ वटाबाट एसएमएस र आईभीआरबाट नतिजा प्राप्त गर्न सकिनेछ । नेपाल टेलिकमको एसएमएस, आईभीआरमा १६०० डायल गरी नतिजा हेर्न सकिनेछ ।


लुम्बिनी चिन्तन

थप समाचार