Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

भैरहवा जिल्लास्तरीय जनगणना सचेतना गोष्ठी


  • लुम्बिनी चिन्तन
  • चैत्र १८, २०७७ बुधवार
  • 2.2K
    SHARES

भैरहवा जिल्लास्तरीय जनगणना सचेतना गोष्ठी

भैरहवा। भैरहवामा जिल्लास्तरीय जनगण्ना सचेतना गोष्ठी सम्पन्न भएको छ । जिल्ला जनगण्ना कार्यालय भैरहवाले राष्ट्रिय जनगणना २०७८लाई  मध्यनजर गर्दै रुपन्देही अन्तर्गतको ख कार्यालयले स्थानीय सरकारका र सरोकारवालाहरुसँग गोष्ठी गरेको हो  । 
मेरो गणना मेरो सहभागिता भन्ने नाराका साथ हुन लागेको १२ ओँ जनगण्नालाई सफलता पूर्वक सम्पन्न गर्न कार्यालय स्थापना गरेर पहिलो पटक सरोकारवाला निकायसँग छलफल गरिएको जिल्ला जनगण्ना अधिकारी विकल्प चौधरीले बताए । कार्यक्रममा जिल्ला जनगणना अधिकारी चौधरीले जनगणनाको परिचय, उद्देश्य, महत्व तथा संक्षिप्त इतिहास, जनगणना, सञ्चालनको कानूनी प्रावधान, गणना विधि, संगठन संरचना र समन्वय संयन्त्र प्रश्नावली सम्वन्धी विषयक्षेत्रहरु, तयारी लगायतको  वारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । _DSC0711.JPG

नेपालमा पहिलो पटक जनगणना लिने कार्य वि. सं. १९६८ साल देखि शुरु भएको थियो । जनगणना प्रत्येक १० वर्षमा एक पटक गर्ने गरिन्छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथी जिल्ला समन्वय समितिका प्रमुख एकराज विश्वकर्माले विगतको जनगण्ना यर्थाथ नभएकोले यस पटकको जनगण्नाा बैज्ञानिक, यर्थाथपरक र समाजको ऐनाको रुपमा हुनु पर्ने बताए । स्थानीय तह संरचनामा पहिलो पटक हुन लागेको  जनगणनामा सबै पालिकाले चासो लिई व्यापक चार प्रसार, अनुगमन र निरिक्षण गर्नुपर्नेमा जोड दिए ।  जनगण्नाको तथ्याङकले विकास र समृद्धिका लागि सहयोग पु¥याई खाका कोर्न मद्धत पु¥याउने भएकोले अहिलेको जनगण्नालाई सामान्य रुपमा नलिई सत्य तथ्य तथ्याङ गणकहरुलाई उपलब्ध गराउन आग्रह गरे । _DSC0710.JPG

कार्यक्रममा कार्यालय अन्तर्गत रहेका ९ वटा स्थानीय तहका प्रमुख तथा प्रतिनिधिीहरु, प्रमुख कोष नियन्त्रक, विभिन्न कार्यालयका प्रमुखहरु, क्याम्पस र विद्यालयका प्रतिनिधि नागरिक समाज, सञ्चरकर्मी लगायतको सहभागिता रहेको थियो । कुनै पनि कामको सुरुवात गर्न जनगणना धेरै अवश्यक रहेकोल नागरिकलाई समृद्ध, सबल र सक्षम बनाउन कार्ययोजना चरणमा नै यसले महत्वपूर्ण भुमिका खेल्ने हुदा गणकहरु विशेष चनाखो भई तथ्याङक लिनुपर्ने उपस्थित सरोकारवाला निकायले सुझाव दिए । 

यही चैत १ गतेदेखि जिल्ला जनगणना कार्यालय स्थापना गरी तयारीलाई तीव्र पारेको छ, अगामी जेठ २५ गते देखि असार ८ गते सम्म हुन लागेको जनगण्नामा यस वर्ष ३९ हजार बढि गणकहरु सहभागी हुदैछन । प्रत्येक १० वर्षमा एक पटक मात्र हुने जनगणनाले सरकारले परिकल्पना गरे अनुसार समृद्ध नेपाल ः सुखी नेपाली को राष्ट्रिय आकांक्षा पूरा गर्न आधार तथ्यांक उपलब्ध गराउने जिल्ला जनगणना अधिकारी चौधरीले भने । जनगणनामा हामी सबैको सहभागिता र सहयोग जरुरी छ यसमा आम नागरिक तथा समुदाय सबैको सहयोगको अपेक्षा गरेको उनले बताए । कार्यालयका सहायक जनगणना अधिकारी कासीराम यादवको स्वागत तथा कर्मचारी बसन्त घिमिरेको संचालनमा गोष्ठी सम्पन्न भएको थियो ।


लुम्बिनी चिन्तन

थप समाचार