Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

सियारीमा वृहत् पोषण सम्बन्धि एक हप्ते तालिम शुरु


  • लुम्बिनी चिन्तन
  • चैत्र १८, २०७७ बुधवार
  • 1.5K
    SHARES

सियारीमा वृहत् पोषण सम्बन्धि एक हप्ते तालिम शुरु

सियारी । रुपन्देहीको सियारी गाउपालिकामा दोस्रो चरणको वृहत् पोषण सम्बन्धि तालिम शुरु भएको छ।

सियारी गाउपालिकाको कार्यालय स्वास्थ्य इकाई हर्नैयाको आयोजनामा गाउपालिका अन्तरगतका सम्पूर्ण स्वास्थ्यकर्मी ,सम्बद्ध निकायका प्रमुख तथा प्रतिनिधिहरुको लागि वृहत् पोषण विशेष कार्यक्रम मंगलवारदेखि शुरु भयो । स्वास्थ्यकर्मीहरुलाई पोषण विशेष कार्यक्रम संचालन गर्न क्षमता अभिवृद्धिको लागि तालिम शुरु गरिएको हो ।

तालिम पछि समाजमा गर्भवती ,सुत्केरी ,बालबालिका र किशोरी हरुमा देखिने न्यून पोषणको समस्यालाई कम गर्न ,उनिहरुको ज्ञान ,सीप र व्यवहारमा परिवर्तन ल्याउन , स्थानीय स्तरमा उपलब्ध खाद्य पदार्थहरुलाई सहि किसिमले उपयोगमा ल्याई न्यून पोषणको समस्यालाई कम गर्न , पोषण संवेदनशिल क्षेत्रहरूसग समन्वय गरि पोषण जन्य खादपद्दार्थहरुको उत्पादन एवं प्रयोगमा सहयोग पुग्ने गाउपालिका स्वास्थ्य शाखा प्रमुख बुद्दी बहादुर घर्तिले बताए ।166655087_1159648734471143_4450037381270131603_n.jpg

चैत १७ देखि शुरु भएको तालिम चैत्र २३ गते समापन हुनेछ। कार्यक्रमको सहजीकरण हर्नैया स्वास्थ्यचौकीका प्रमुख प्रेमनारायण सुवेदी ,हेल्थ असिस्टेन्ट मनोज पौडेल र बन्दना अर्यालले गरेका थिए  । गाउपालिका प्रमुख प्रशासकीय अधिकृत मिनप्रसाद भट्टराईको अध्यक्षता, गाउपालिका अध्यक्ष अयोध्या प्रसाद थारुको प्रमुख आतिथ्यता, उपाध्यक्ष अमृता गुरुङको विशिस्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । स्वास्थ्य शाखा प्रमुख बुद्दी बहादुर घर्तीबाट स्वागत मन्तव्य एवं कार्यक्रम वारे जानकारी रहेकोे कार्यक्रमको संचालन हेल्थ असिस्टेन्ट मनोज पौडेलले गरेका थिए ।


  • सम्बन्धित विषय:

  • # सियारी

  • लुम्बिनी चिन्तन

    थप समाचार