भैरहवा, आसार १६ । बचतकर्ताको रकम अपचलन गरेको आरोपमा ललितपुरस्थित लालीगुँरासका अध्यक्ष अमरदास श्रेष्ठसहित ४ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा संस्थाका अध्यक्ष ७६ वर्षीय अमरदास श्रेष्ठ, सचिव तथा प्रमुख कार्यकारी अधिकृत ४६ वर्षीय सुरेन्द्र भण्डारी, कोषाध्यक्ष ७५ वर्षीय अमृतकुमार अर्याल र सदस्य ६१ वर्षीय कमदबाबा जोशी प्रधान रहेका छन् ।
बचतकर्ताको रकम अपचलन गरेको भन्दै अध्यक्ष अमरदास श्रेष्ठ, सचिव एवं प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी, कोषाध्यक्ष अमृतकुमार अर्याल र सञ्चालक सदस्य कदमबाबा जोशी प्रधानलाई पक्राउ गरिएको हो । उनीहरुले जम्मा भएको रकम चाहिएको समयमा झिक्न पाइने भनेर सर्वसाधारणहरुलाई विश्वास दिलाएर सञ्चालकहरुलाई लाभ र बचतकर्तालाई हानि पुर्याएको प्रहरीको आरोप छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले गत फागुनमानै सहकारीलाई समस्याग्रस्त घोषणा गरेको थियो ।