भैरहवा, असार १९ । एनएमबी बैंकको एटीएम फुटाउन खोज्ने व्यक्ति पक्राउ परेका छन् । पोखरा महानगरपालिका–५ जिरो किलोमा रहेको एनएमबी बैंकको एटीएम फुटान खोज्ने व्यक्ति पक्रउ परेको हो । पक्राउ पर्नेमा धादिङको सिद्धलेक गाउँपालिका–३ घर भएका २३ वर्षीय रुपेश नेपाली छन् । उनले मंगलबार दिउँसो साढे २ बजेको समयमा जिरो किलोस्थित एनएमबी बैंकको एटीएम मेसिन फुटाएर रकम चोर्न खोजेका थिए ।तर रकम चोरी गर्न नपाउँदै प्रहरीले उनलाई पक्राउ गरेको हो ।पक्राउ परेका नेपालीविरुद्ध कास्की जिल्ला अदालतबाट चोरीको उद्योगमा ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।