भैरहवा । आगामी चैत्र २५ गते हुने नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको अधिवेशनका लागि अध्यक्षमा ३ जनाले उम्मेदवारी दिएका छन ।
महासंघको२६ औँ महाधिवेशनका लागि प्रदेश अध्यक्ष पदका लागि महासंघ प्रदेशका बर्तमान उपाध्यक्ष भरत केशी, महासंघका बर्तमान केन्द्रीय सदस्य बसन्त गिरि र महासंघ गुल्मीका पूर्व अध्यक्ष घनश्याम गौतमले उमेदवारी दर्ता गराएका हुन् । त्यस्तै एक जना खुल्ला उपाध्यक्षको लागि गणेशकुमार आचार्य, शुक्रऋषि चौलागाइँ, शिवलाल सुवेदी र माधव भाटको उमेद्वारी परेको छ । महिला उपध्यक्षमा चुमा आचार्य र पुष्पा खनाल शर्मा सम्झनाले मनोनयन दर्ता गरेका छन् ।

त्यस्तै महासचिवमा विक्रम खड्का, गोबिन्द प्रसाद शर्मा, विश्वराज पछलंगवा चौधरी र श्यामलाल पोखरेल भिड्ने भएका छन् । सचिवमा काशिराम शर्मा, जयशिंह केशी, नरेश केशी, तिलक गाउँले र रमेश पोखरेलले उमेद्वारी दिएका छन् । समावेशी सचिवमा राजेन्द्रसिंह क्षेत्री र शिवकुमार सुनार तथा कोषाध्यक्षमा नन्दराम पौडेल, नवराज भुसाल, यमनाथ घिमिरेको उमेद्वारी परेको छ ।
यसैगरी ५ वटा खुल्ला सदस्यको लागि ११ जनाको उमेद्वारी परेको छ । ३ जना महिला सदस्यको लागि ५ जनाले मनोनयन दर्ता गराएका छन् । एक दलित सदस्यमा तीन जना, आदिबासी तर्फको दुइ सदस्यमा ४ जना, दुइ मधेशी तर्फको सदस्यमा ४ जना र एक अल्पसंख्यक तर्फ २ जनाको उमेद्वारी परेको छ ।