Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

झिर्पु हाइड्रोपावरको सुरूङ ढलान गर्दै गर्दा भासियो, दुई जना बेपत्ता, ९ मजदुरको उद्धार


  • लुम्बिनी चिन्तन
  • आषाढ २१, २०८१ शुक्रवार
  • 430
    SHARES

झिर्पु हाइड्रोपावरको सुरूङ ढलान गर्दै गर्दा  भासियो, दुई जना बेपत्ता,  ९  मजदुरको उद्धार

भैरहवा, असार २१ । सिन्धुपाल्चोकमा रहेको झिर्पु हाइड्रोपावरको ड्यामसाइडको सुरूङ ढलान गर्दै गर्दा भासिएको छ । उक्त सुरुङ भासिँदा दुई जना मजदुर बेपत्ता भएका छन् । भने ९ जना मजदुरको उद्धार गरिएको छ । शुक्रबार दिउँसो करिब २ बजे भोटेकोशी गाउँपालिका वडा नम्बर ४ स्थित ड्यामसाइडको सुरूङ ढलान गर्ने क्रममा भासिएको थियो। घाइते भएका उनीहरूको उपचारका लागि बाह्रबिसे नगरपालिका वडा नम्बर ४ स्थित किस्टोन अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ३ बस्ने ३० वर्षीय रामदिन थारु र सुमन थारू बेपत्ता छन्। उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


लुम्बिनी चिन्तन

थप समाचार