Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

भेटियो तनहुँमा पहिरोले पुरिएका थप २ जनाको शव


  • लुम्बिनी चिन्तन
  • आषाढ २३, २०८१ आइतवार
  • 358
    SHARES

भेटियो तनहुँमा पहिरोले पुरिएका थप २ जनाको शव

भैरहवा, असार २३ । तनहुँमा पहिरोले पुरिएका थप २ जनाको शव भेटिएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ काउरेमा शनिबार दिउँसो पहिरोले घर पुरिंदा बेपत्ता भएका थप दुई जनाको शव फेला परेको छ । शनिबार दिउँसो पहिरोले हिरा नेपालीको घर पुरिदाँ उनी सहित ३ जना पहिरोमा पुरिएका थिए । उनीहरूमध्ये हिराको शव शनिबार नै फेला परेको थियो ।बेपत्ता भएका अनिषा बास्तोला र श्याम भण्डारीको शव आइतबार बिहान फेला परेको प्रहरीले जनाएको छ । हिरा नेपाली र सुनमाया कुमालको घरभित्र रहेको सामान निकाल्ने क्रममा छिमेकी बास्तोला र भण्डारी पनि पहिरोमा पुरिएका थिए । पहिरोमा परी ४० वर्षीय विष्णुबहादुर नेपाली, २६ वर्षीय विशाल तिमिल्सिना, ३५ वर्षीय रवि घिमिरे, १८ वर्षीया रुपकुमारी नेपाली र १५ वर्षीय विमल नेपाली पनि घाइते भएका छन् ।घाइतेहरुको बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको छ ।


लुम्बिनी चिन्तन

थप समाचार