Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

लायन्स क्लब अफ सिद्धार्थनगरको अध्यक्ष अर्जुन पौडेल


  • लुम्बिनी चिन्तन
  • आषाढ २३, २०८१ आइतवार
  • 338
    SHARES

लायन्स क्लब अफ सिद्धार्थनगरको अध्यक्ष अर्जुन पौडेल

भैरहवा, २३ असार । लायन्स क्लब अफ सिद्धार्थनगरको पद हस्तान्तरण र अवार्ड सेरोमोनी (समारोह) तथा डीजी टीम सम्मान कार्यक्रम भैरहवामा सम्पन्न भएको छ ।

कार्यक्रममा क्लबको वर्ष २०२३÷०२४ का अध्यक्ष रवि कुमार श्रेष्ठले वर्ष २०२४÷०२५ का अध्यक्ष अर्जुन पौडेललाई पद हस्तान्तरण गरेका थिए । त्यस्तै वर्ष २०२३÷०२४ का सचिव कुलचन्द्र गौतमले वर्ष २०२४÷०२५ का सचिव कमल ज्ञवालीलाई र वर्ष २०२३÷०२४ का कोषाध्यक्ष कमल ज्ञवालीले वर्ष २०२४÷०२५ का कोषाध्यक्ष रघु प्रसाद खनाललाई पद हस्तान्तरण गरेका थिए ।

वर्ष २०२४÷०२५ का लागि अध्यक्षमा चयन भएका अर्जुन पौडेल विगत लामो समयदेखि स्वास्थ्य तथा सामाजिक क्षेत्रमा क्रियाशील छन् । उनी सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि. भैरहवा, रुपन्देहीका प्रबन्ध निर्देशक हुन् ।

त्यस्तै क्लबको प्रथम उपाध्यक्षमा धर्मराज आचार्य, द्वितीय उपाध्यक्षमा उमेश थापा, तृतीय उपाध्यक्षमा कुलचन्द्र गौतम, मेम्बरसीप चेयरपर्सन÷बिल्डिङ चेयरपर्सनमा प्रेम कुमार सेन्चुरी, क्लब सर्भिस चेयरपर्सनमा आनन्द खनाल, मार्केटिङ एण्ड कम्युनिकेशनमा खगेन्द्र शर्मा, सह–सचिवमा दिनेशमान अमात्य, टेमरमा गोकुल कंडेल, पीआरओमा कृष्ण अधिकारी, लियो एडभाइजरमा रमेश घिमिरे र नोमिनेशन चेयरपर्सनमा चन्द्र बहादुर थापा रहेका छन् ।

त्यस्तै क्लबको निर्देशक (डाईरेक्टर) मा जगत खरेल, विनोद मिश्रा, मधु प्रसाद पन्थी, गंगासागर अग्रहरी, राजु न्यौपाने, प्रेम बेल्बासे, गोविन्द ज्ञवाली, प्रकाश पौडेल, टीकाराम भट्टराई र हरि ज्ञवाली रहेको नोमिनेशन चेयरपर्सन तथा लायन्स क्लब अफ सिद्धार्थनगरका पूर्वअध्यक्ष चन्द्र बहादुर थापाले जानकारी दिए ।

कार्यक्रममा वर्ष २०२४÷०२५ का अध्यक्ष पौडेलले वार्षिक कार्ययोजना प्रस्तुत गरेका थिए । उनले सन् १९८६ मा स्थापना भएको लायन्स क्लब अफ सिद्धार्थनगर गौरवपूर्ण इतिहास बोकेको क्लब भएको बताए । उनले आफू १० वर्ष अघि सदस्यको रुपमा क्लबमा प्रवेश गरेको जानकारी दिए ।

त्यस्तै वर्ष २०२३÷०२४ का अध्यक्ष तथा क्लबका निवर्तमान अध्यक्ष रवि कुमार श्रेष्ठले आफूलाई अध्यक्षको जिम्मेवारी प्रदान गरी कार्यकालमा साथ र सहयोग गर्ने सबैप्रति धन्यवाद दिए । उनले लायन्स डिष्ट्रिकले अंगीकार गरेका क्षेत्रहरु अनुसार वार्षिक कार्ययोजना बनाएर कार्यक्रमहरु गरिएको बताए ।

कार्यक्रममा प्रमुख अतिथि लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५, नेपाल वर्ष २०२४÷२०२५ का डिष्ट्रिक गभर्नर (डीजी) पुरुषोत्तम भक्त प्रधानाङ्गले अब नयाँ तरिकाले काम गर्न जरुरी रहेको बताए । उनले भने, ‘लायन्सले सामाजिक कार्यसँगै अब उद्यमशीलताको बारेमा सोचेको छ ।’ उनले एउटा क्लबले कम्तीमा पाँचजनालाई उद्यमी बनाउन सक्नु पनि सामाजिक कार्य भएको बताए ।

त्यस्तै लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५, नेपालका फस्ट भाइस डिष्ट्रिक गभर्नर बालाराम भट्टराईले एउटा संस्थालाई बलियो बनाउन हरेक क्षेत्रको प्रतिनिधित्व हुन जरुरी रहेको बताए । उनले भने, ‘लायन्स क्लब अफ सिद्धार्थनगरले धेरै क्लबहरु जन्माएको छ ।’

पाष्ट डिष्ट्रिक गभर्नर नवराज न्यौपानेले लायन्सले काममा विश्वास गर्दै आएको बताए । उनले वर्ष २०२४÷०२५ मा एरिया–५ ले इतिहास रच्ने बताए ।

सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष तथा लायन्स क्लब अफ सिद्धार्थनगरका सल्लाहकार ठाकुर कुमार श्रेष्ठले भैरहवामा भएका सबै लायन्स क्लबहरु मिलेर मेगा प्रोजेक्ट सञ्चालन गर्नुपर्ने बताए ।

लायन्स ग्याट टीम कोर्डिनेटर मीना पन्थीले ३९ वर्षको दौरानमा लायन्स क्लब अफ सिद्धार्थनगरले गरेको काम सराहनीय रहेको बताइन् ।

लायन्स क्लब अफ सिद्धार्थनगरका पूर्वअध्यक्ष तथा डिष्ट्रिक एडभाइजर नेत्र प्रसाद आचार्यले सेवा गर्दा सम्मान खोज्न नहुने बताए ।

लायन्स क्लब अफ सिद्धार्थनगर लोटसकी अध्यक्ष पार्वती अधिकारीले लायन्स सिद्धार्थनगरको नयाँ टीमले अझ रचनात्मक काम गर्ने विश्वास व्यक्त गरिन् ।

लायन्स क्लब अफ सिद्धार्थनगर वर्ष २०२४÷०२५ का प्रथम उपाध्यक्ष धर्मराज आचार्यले यस क्षेत्रको पुरानो तथा इतिहास बोकेको लायन्स सिद्धार्थनगरले सामाजिक कार्यसँगै विपद् तथा महामारीमा उपस्थिति जनाउँदै सहयोग गर्दै आएको बताए ।Arjun Poudel.jpg


लुम्बिनी चिन्तन

थप समाचार