Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

प्रदेशस्तरी अण्डर १६ क्रिकेट भैरहवामा सुरु, दाङ र पाल्पा विजयी


  • लुम्बिनी चिन्तन
  • चैत्र २१, २०७७ शनिवार
  • 1.2K
    SHARES

प्रदेशस्तरी अण्डर १६ क्रिकेट भैरहवामा सुरु, दाङ र पाल्पा विजयी

 भैरहवा । रुपन्देहीको भैरहवामा प्रदेशस्तरीय अण्डर–१६ क्रिकेट प्रतियोगिता सुरु भएको छ । बलियो नेपालको आयोजनामा सिद्धार्थ रंगशालामा आजबाट प्रतियोगिता सूरु भएको हो ।
पोषण र खेलकुदलाई सँगसँगै लैजाने उद्देश्यले पहिलोपल्ट लुम्बिनी प्रदेशस्तरीय टी–२० क्रिकेट प्रतियोगिता आयोजना गरिएको हो । खेलको उद्घाटन नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्व कप्तान पारस खड्काले गरेका हुन । शनिबार भएका दुई खेलमा दाङले प्यूठानलाई १२६ रन र पाल्पाले नवलपरासीलाई ८ विकेटको फराकिलो अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेका छन् ।
आज भएको पहिलो खेलमा सगरमाथा दाङ १२६ रनले विजयी भएको छ । टस जितेर व्याटिङ रोजेको दाङले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १७६ रन बनाएको थियो, १७७ रनको लक्ष्य पाएको अभिनास प्युठानले ११ दशमलव ५ ओभरमा सबै विकेट गुमाउदै ५० रनमा समेटियो । लक्ष्य पार गर्न नसकेपछि प्युठानले १२६ राले हार व्योहोर्नु पर्यो । सिद्धार्थ रंगशालामा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको दाङले ९ विकेटको क्षतिमा १७६ रनको योगफल बनायो । उसका लागि आषिश ओलीले ५९ बलमा ११ चौकाको मद्दतले अविजित ६८ रन बनाए । यस्तै, प्रभाकर कुँवरले २५, रोहित डाँगीले २१ र अभिषेक चौधरीले १६ रन बनाए । बलिङमा प्यूठानका अविनास सापकोटाले ३, विशाल रायमाझी र पशुपति खनालले समान १÷१ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको प्यूठान ११.५ ओभरमा अलआउट हुँदै ५० रनमै समेटियो । उसका लागि शम्सेर भट्टले १० रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । उसलाई सस्तैमा रोक्न बलिङमा दाङका सुजल ओलीले ४ ओभरमा १ मेर्डन राख्दै १७ रन खर्चेर ४ विकेट लिए । यस्तै, आषिश ओलीले ३, केरमान घर्तीमगरले २ तथा आयुष ओलीले १ विकेट लिए । आषिश ओली म्यान अफ द म्याच भए ।
त्यसतै आजै भएको दोस्रो खेलमा श्रीनगर पाल्पा ८ विकेटले विजयी भएको छ । सर्वोत्तम नवलपरासीले टस जितेर व्याटिङ राजेको थियो , ९७ रनको लक्ष्य पाएको पाल्पाले ११ दशमलव ५ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य पार गरी विजयी भएको हो ।
उसका लागि विष्णुहरि थापाले मगरले ३५, नुर आलम अन्सारीले १३, अभिषेक पटवाले ११ र कृष्णचन्द्र चौधरीले १० रन बनाए । बलिङमा पाल्पाका सुदिप जिसी र नरेश सुर्यबंशीले समान ४÷४ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको पाल्पाले ११.५ ओभरमा २ विकेटको क्षतिमा ९९ रन बनाउँदै जित निकाल्यो । उसको जितमा रुपेश बश्यालले ४६, रुपक सापकोटाले १८ र अलिक सुनारले १७ रन बनाए । बलिङमा नवलपरासीका विजय कुमार लोहार र रितेश भट्टराईले समान १÷१ विकेट लिए । नरेश सुर्यबंशी म्यान अफ द म्याच भए । 
प्रतियोगिताका लागि लुम्बिनी प्रदेशका विभिन्न विद्यालयबाट खेलाडीहरु छनौट गरिएको थियो । छनौट गरिएका खेलाडीहरुबाट प्रत्येक जिल्लाका १÷१ टीम गरी १२ टीमले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिताले सन् २०३९ मा हुने अन्डर–१६ विश्वकपका लागि राम्रा खेलाडी उत्पादनमा सहयोग पुग्ने नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्व कप्तान पारस खड्काले बताए ।
चैत्त २१ देखि २८ गतेसम्म चल्ने प्रतियोगिताले आगामी दिनमा खेलाडीहरु उत्पादनमा सहयोग पुग्ने विश्वास गरिएको छ । पहिलोपल्ट लुम्बिनी प्रदेशमा प्रदेशस्तरीय क्रिकेट आयोजना गरिए पनि आगामी दिनमा सबै प्रदेशमा आयोजना गरिने बलियो नेपालले जनाएको छ ।
भोली आइतबारको खेल ल्यान बर्दिया र अभिनास प्युठान बीच र ज्ञान बाके र सर्वोतम  नवलपरासी बीच हुने आयोजकले जानकारी दिएको छ । 


लुम्बिनी चिन्तन

थप समाचार