Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

विराटनगर झडपमा छुरा प्रहारबाट एक जनाको मृत्यु


  • लुम्बिनी चिन्तन
  • आषाढ २५, २०८१ मंगलवार
  • 320
    SHARES

विराटनगर झडपमा छुरा प्रहारबाट एक जनाको मृत्यु

भैरहवा, असार २५ । मोरङमा दुई समूहबीच झडपमा छुरा प्रहार हुँदा एक जनाको मृत्यु भएको छ। 
सोमबार राति साढे १० बजेतिर विराटनगर महानगरपालिका वडा नम्बर २ नेपाल टेलिकम नजिकै दुई समूहबीच झडप भएको थियो । झडपको क्रममा छुरा प्रहार हुँदा एक जनाको मृत्यु र दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उक्त झडपमा तीनै जना घाइते थिए। सुरूमा उनीहरूलाई उद्धार गरी कोशी अस्पताल लगिएको थियो। त्यहाँ कटहरी गाउँपालिका वडा नम्बर १ महेशपुरका अन्दाजी २१ वर्षीय करण सहानीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घाइते रहेका अमर राय र विक्रम मण्डलको थप उपचारको लागि नोबेल अस्पतालमा रिफर गरिएको छ । प्रहरीले अहिलेसम्म यस घटनामा संलग्न रहेको आशंकामा चार जनालाई पक्राउ गरेको गरी उनीहरूमाथि सोधपुछ भइरहेको प्रहरीले जनाएको छ । 


लुम्बिनी चिन्तन

थप समाचार