Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी र व्यवसायीले जोगाए धनुषाका रामआशिषको ज्यान


  • लुम्बिनी चिन्तन
  • आषाढ २६, २०८१ बुधवार
  • 1.3K
    SHARES

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी र व्यवसायीले जोगाए धनुषाका रामआशिषको ज्यान

दीपेश पछाई , भैरहवा असार २५/

ब्लड मनिबापत ४६ लाख २५ हजार रुपैयाँ आर्थिक सहयोग जुटाउँदै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले धनुषाका रामआशिष यादवको ज्यान जोगाएका छन् ।

यादवलाई साउदी अरबको ताबुक क्रिमिनल कोर्टले सहकर्मी हत्यासम्बन्धी मद्दामा मृत्युदण्डको सजाय सुनाएको थियो। धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका वडा नम्बर १७ घर भएका रामआशिषले रुपन्देहीको रुपन्देही कन्चन गाउँपालिका वडा नम्बर ४ का दुर्गाप्रसाद शर्माको हत्या गरेका थिए।

मंगलबार शर्माको परिवारलाई ब्लड मनिबापतको ४६ लाख २५ हजार रुपैया हस्क व्यवस्थापन गरेर प्रमुख जिल्ला अधिकारी अर्यालले यादव मृत्युदण्डको सजायबाट जोगाएका हुन् ।

रुपन्देहीका उधोगी व्यजजवसायीहरुले ३६ लाख २५ हजार र धनुषाबाट यादव परिवारले १० लाख गरि ४६ लाख २५ हजार रकम व्यवस्था भएको थियो ।

46.25 lakhs.jpg

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल , उधोग बाणिज्य संघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्मा र सिदार्थनगर उधोग बाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठको सकृयतामा ३० जना ब्यावसायिहरु संग बाट ब्लड मनी बापतको आवस्यक रकम जम्मा गरि पिडक यादवको परिवारका तर्फ वाट पिडित शर्माको परिवारलाई मंगलवार हस्तान्तरण गरिएको छ ।

सन २०१८ मा भएको थियो रुपन्देहीको कन्चनका शर्माको हत्या

सन २०१८ मा रुपन्देही कन्चन गाउँपालिका वडा नम्बर ४ का दुर्गाप्रसाद शर्मा र धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका वडा नम्बर १७ बस्ने राम आशिष यादव साउदी अरबमा एउटै कम्पनीमा काम गर्दै आएका थिए ।

 एउटै कम्पनीमा काम गर्दै आएका उनिहरु एउटै कोठामा बस्ने गर्दर्थे । २०१८ को अक्टोबर ६ मा कोठामै धनुषाका रामआशिष यादवले रुपन्देहीका दुर्गा प्रसाद शर्माको छुरा प्रहार गरि हत्या गरेका थिए ।

साउदीको ताबुक क्रिमिनल कोर्टले सन २०२० को २० डिसेम्बरमा हत्या गरेको प्रमाणित गर्दै राम आशिष यादवलाई तत्कालको लागि ५ बर्षको कैद सजायको फैसला ग¥यो । ५ वर्षपछि दुवै जनाको परिवारको विचमा “ब्लड मनि” मा स्म्झौता भए ठिक अन्यथा अन्तिम विकल्प फासीमा जाने अदालतको फैसला थियो ।

साउदीमा रामआशिषले मान्छे मारेको र जेलमा रहेको कुरा थाहा पाए पछि जनकपुरमा रहेकी उनकी श्रीमति रेनो कुमारीले पछि मात्र थाहा पाईन । आर्थिक अवस्था निकै दयनिय रहेका यादवको तिन छोरी छन् । आर्थिक अवस्था कमजोर भएका कारण तिनै जना छोरीहरु बिध्यालय समेत जान पाएका थिएन्न । यादवका १८ वर्षिय आरती यादव, १५ वर्षिय पूजा यादव र १० वर्षिय सन्जु यादव गरि तीन छोरीहरु छन् ।

यादव परिवारमा अदालतले ब्लड मनि तिरे रामआशिष छुट्न सक्ने झिनो आशा देखाएको थियो । उता अदालतको निर्णय कन्सुलर विभाग हुदै त्यसको जानकारी जिल्ला प्रशासन कार्यालय रुपन्देहीलाई पनि प्राप्त भएको थियो । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले यसमा तदारुकता देखाए ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सकेयता देखाउदा उठ्यौ ३६ लाख रुपैया

रेनो कुमारीका मामा प्रभु यादव पनि भान्जा ज्वाई रामआशिषलाई माफीको आशा सहित रुपन्देही आएका थिए । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अर्याल र रेनोका मामा प्रभु मृतक दुर्गा प्रसाद शर्माको श्रीमति सीता शर्मासित माफीको अपेक्षा सहित पगेका थिए । “सुरुमा उहाँ मान्नुभएको थिएन, त्यो स्वाभाविक पनि हो ।” प्रजिअ अर्यालले भने “हामीले उहाँलाई धेरै प्रकारले आग्रह ग¥यौ, मैले व्यक्तिगत रुपमै आँशु चुहाएरै आग्रह गरे ।”प्रजिअ अर्यालले भने ।

cdo rupandehi.jpg

पटक पटकको कुरा गर्दा पनि २–३ महिना सम्म कुरा मिल्न सकेन् । कन्चन गाउँपालिकाका अध्यक्ष, कन्चनकै बासिन्दा रहेका  जिल्ला समन्वय प्रमुख उमाकान्त चपाई, प्रजिअ अर्याल लगायतको लगातारको प्रयास पछि सीता ब्लड मनि लिएर माफी दिन तयार भइन । सीताले ब्लड मनि बापत ५० लाख रुपैया मागिन । जुन धनुषामा रहेको यादव परिवारको लागि असम्भव थियो । “५० लाखको कुरा सुनेपछि म आशा मारेर जनकपुर फर्किए ।” प्रभु यादवले भने“।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारीले भने पैसाकै अभावमा कसैलाई मर्न दिनुहुदैन भन्ने पक्षमा थिए । उनले यो कुरा उद्योग बाणिज्य महासंघ, लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण प्रसाद शर्मा र सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठलाई भने । यसको लागि “बास्केट फण्ड” बनाउने कुरा भयो । तत्काल प्रजिअ अर्यालले ५० हजार र दुई जना सहायक प्रजिअले २५ हजार तथा रुपन्देहीका सुरक्षा निकायका तीन जना प्रमुखले जनही २५ हजार रुपैयाका दरले जम्मा गरे । उता जिल्लाका ३० जना उद्योगी व्यवसायी समेत गरि ३६ लाख २५ हजार रुपैया जम्मा भयो ।

सिडियो हाम्रा लागी भगवान हुन घरमा फोटो राखेर पुजा गर्दछौ यादव परिवार

रामआशिष यादवकी श्रीमति रेनो कुमारीले आफ्नो भएको १५ धुर खेत, अढाई धुरको घडेरी र त्यसमा बनेको फुसको घर बेचेर १० लाख जुटाएकी थिइन । सबै मिलाई ४६ लाख २५ हजार रुपैया मृतक दुर्गा प्रसाद शर्माको श्रीमति सीता शर्मालाई मंगलवार जिल्ला प्रशासन कार्यालयमा हस्तान्तरण गरिएको थियो । ब्लड मनि वापतको रकम बुझ्दै गर्दा सीता डाको छाडेर रोएकि थिईन । यादवका परिवार पनि चिच्याउदै रोए । यो अवस्था नजिक बाट नियालीरहेका प्रमुख जिल्ला अधिकारी पनि रुन लागे संगै माहोल निकै कारुणीक बन्न पुगेको थियो । कारागारमा रहेका यादवकी श्रीमती रेनु प्रमुख जिल्ला अधिकारीलाई भगवानको संज्ञा दिदै अर्यालको खुटटा समाउन पुगीन ।

khusi bhayepachi rudai yadev pariwar.jpg

रुपन्देहीकै युवालाई हत्या गरेका यादवलाई जोगाउन रुपन्देहीकै ब्यावसायिहरुले साथ दिए । एउटाको मृत्यु भईसकेको अवश्थामा अर्कालाई पनि मृत्यु नै दिनु हुदैन भन्ने हाम्रो मान्यता थियो त्यसकारण हामीले यस्तो कठिन अवस्थामा पनि रकम जम्मा गरेका हौ उद्योग बाणिज्य महासंघ, लुम्बिनीका अध्यक्ष कृष्ण प्रसाद शर्माले भने । हामीले दुइटा घरलाई बचाउनका लागि यो प्रयास गरेका हौं उनले भने । ५ वर्षमा रामआशिषले आफुले गरेको कर्मको सजाय भोगेको र यसका बालबालिकाले दुःख नपाउन भन्ने उद्देश्यले पनि रकमको जोहो गरिएको शर्माले बताए ।

आफुले आशा मारिसकेको अवश्थामा रुपन्देहीका सिडियो र व्यवसायी आफ्नो लागि भगवान भएर आएको रामआशिषकी श्रीमति रेनो कुमारीले बताइन । “मेरो लागि यहाका सिडियो साब भगवान हो, म उहाँको फोटो लगेर भगवान राख्ने ठाउमा राख्छु ।” रेनोले रुदै भनिन् ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारीको प्रयासमा र सीता शर्माको उदार ह्ृदयका कारण ५ वर्ष सजाय काटेका रामाआशिष यादव घर फर्किने वातावरण बनेको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सम्झौता गरेको कागज मंगलबार नै कन्सुलर विभाग हुदै साउदी पठाईने बताए । सबै कुरा ठिक रहे अबको करिब एक महिना पछि रामआशिष घर फर्किनेछन् । रुपन्देहीका प्रमुख जिल्ला अधिकारीको सकृयतामा हामी करीब ३० जना उधोगी ब्यावसयिहरुको सहयोगमा रकम संगलन गरेका हौ सिदार्थनगर उधोग बाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले भने ।


लुम्बिनी चिन्तन

थप समाचार