Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

भैरहवाको बेलहियामा एकीकृत चेकजाँच सेवाको सुभारम्भ, ‘मेरो सवारी मेरो लेन’ नारा लिएर सातदिने ट्राफिक सचेतना मुलक अभियान


  • लुम्बिनी चिन्तन
  • आषाढ २७, २०८१ बिहिवार
  • 506
    SHARES

भैरहवाको बेलहियामा एकीकृत चेकजाँच सेवाको सुभारम्भ, ‘मेरो सवारी मेरो लेन’ नारा लिएर सातदिने ट्राफिक सचेतना मुलक अभियान

भैरहवा, असार २८ । मेरो सवारी मेरो लेन भन्ने मुल नारा लिएर जिल्ला प्रशासन कार्यालय रुपन्देही , जिल्ला प्रहरी कार्यालय रुपन्देही र जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देही को संयुक्त आयोजनामा संचालित ७ दिने ट्राफिक सचेतना कार्यक्रम बुधबार देखि सुरु भएको छ । वाक थु्र गेटको समुद्घाटन, एकीकृत चेकजाँच बिन्दु समुद्घाटन तथा मेरो सवारी मेरो लेन सातदिने ट्राफिक सचेतनामूलक अभियान कार्यक्रम बुधबार भैरहवाको बेलहियामा गरिएको हो ।
कार्यक्रममा नेपाल सरकारका गृह सचिव एकनारायण अर्यालको प्रमुख आथित्यता तथा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा उक्त कार्यक्रमको उद्घाटन गरिएको हो । 
कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य राख्दै गृहसचिव अर्याले यस किसिमको कार्यक्र नेपालको सबै नाकाहरुमा हुनुपर्ने बताएका छन । कार्यक्रममा बोल्दै गृहसचिव भन्छन, बिराटनगर अस्तव्यस्त छ, बिरगंज त्यस्तै छ । र अरु ठाउँहरुमा जहाँ जहाँ हाम्रो नाकाहरु छन् त्यहाँ पनि हामीले व्यवस्थापन गर्नुपर्ने हुन्छ । ति सबै ठाउहरुमा यस किसिमको कार्यक्रम गर्ने तर्फ गृह मन्त्रालय नेपाल सरकार लाग्ने छ  ।
यसैगरी गृहसचिवले पर्यटन भित्राउन स्थानीय सरकार अझ बढी बलियो हुनुपर्ने पनि जोड दिए । पर्यटकहरुलाई हामीले बढि पैसा लियो भने पर्यटक नेपालमा आउदै आउदैन, पर्यटकहरुलाई नआइज भनेर कानुनमा लेख्नु पर्दैन पैसा बढि लिएपछि पुग्छ । उक्त संदर्भ जाडदै गृहसचिव भन्छन, भारतिय पर्यटकहरुलाई एक रात बस्नलाई २५ हजारले पनि पुग्दैन। त्यसैले पर्यटक भित्राउन निजि क्षेत्रले पर्यटक भित्राउनुमा गम्भिर हुन जरुरी रहेकोछ। 
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले एककृत चेक जाँच बिन्दु कार्यक्रमले अन्य जिल्लाको नाकाहरुमा पनि राम्रो सन्देश जाने बताए । यो राष्ट्रियताको सन्दर्भमा एककृत चेक जाँच बिन्दुका यो अवधारणाले रुपन्देही जिल्लाले जुनकिसिमको कार्यक्रम आज गरेको छ अन्य जिल्लाहरुको लागि पनि एउटा अनुकरण र अनुसरण अभ्यास हामीले छोड्न खोजे र अरु नाकाहरुले यसै गर्ने हो भने नेपालको पहिचान फरक गर्न सक्ने उनले भने ।
सात दिनसम्म कुनैपनि गाडीलाई जरीवाना नगरिने प्रमुख जिल्ला अधिकारीले बताएका छन । सात दिन सम्म कार्यक्रम चलाउछौ। यसमा उद्योगी, व्यवसायी, राजनीतिक दलका पदाधिकारीहरु, स्थानीय तहका प्रमुख एवं पदाधिकारीहरु, कर्मचारीहरु, विद्यार्थीहरु र अन्य विभिन्न संघ संस्थाका प्रतिनिधिहरुलाई बिहान दुई ठाउँमा, साझ दुई ठाउँमा चार वटा गुरुपमा विभाजन गरेर हामीले अभियानको हिसाबले लिएर जाने र सो सात दिन कुनै पनि गाडीलाई जरिमाना नलाग्ने उनको भनाइ छ । 
कार्यक्रममा बुटवल उपमाहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, सिद्धार्थनगर नगरपालिका प्रमुख स्तियाक अहमद खाँ, जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाई, सिद्धार्थ होटल एशोसिएसनका अध्यक्ष तथा पर्यटन व्यवसायी चन्द्रप्रकाश श्रेष्ठ, पश्चिम नेपाल बस व्यवसायी संघ नेपाल प्रा.लि.का अध्यक्ष दधि खरेल र प्रदेश उद्ययोग वाणिज्य माहासंघका अध्यक्ष कृष्ण प्रसाद शर्माले  शुभकामना मन्तव्य राखेका थिए । 

जिल्ला प्रशासन कार्यालय रुपन्देहीको अगुवाईमा सरोकारवाला निकायका प्रतिनीधिलाई एकै ठाउँमा राखेर शुरक्षा र अन्य सबै किसिमका जाँच गर्ने गरी एकीकृत सेवा शुरु गरिएको हो । नेपाल(भारत सीमा नाका बेलहियामा नेपाल प्रहरी, ट्राफिक, सशस्त्र प्रहरी र भन्सारका कर्मचारी राखेर एकै ठाउँमा सुरक्षा र अन्य सबै किसिमका जाँच गर्ने गरी एकीकृत सेवा सुरु गरिएको हो ।एकीकृत विन्दुमा सवारीको सम्पूणर् जाँचपछि चालकको नाम, ठेगाना, गाडी नम्बर, गन्तव्य लेखिएको विवरणसहितको पहेंलो कार्ड चालकलाई दिइने व्यवस्था गरिएको छ ।     
यसैगरी उक्त कार्यक्रमको संचालन सहायक प्रमुख जिल्ला अधिकारीले गर्नु भएको थियो भने एककृत चेक जाँच बिन्दुको गृह सचिव एकनारायण अर्याल द्वारा रिबन काटेर कार्यक्रमको समापन भएको थियो । Sequence 01.01_31_58_14.Still001.jpg


लुम्बिनी चिन्तन

थप समाचार