Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

पहिरोले घर पुरिँदा कास्कीमा ११ जनाको मृत्यु, ३ जना घाइते


  • लुम्बिनी चिन्तन
  • आषाढ २८, २०८१ शुक्रवार
  • 418
    SHARES

पहिरोले घर पुरिँदा कास्कीमा ११ जनाको मृत्यु, ३ जना घाइते

भैरहवा, असार २८ । कास्कीमा पहिरोले घर बगाउँदा एकै परिवारका ७ जनासहित ११ जनाको मृत्यु भएको छ। पोखरा महानगरपालिका–१९ तललाकोट टारी ७ जना, वडा नम्बर ३२ चैनपुरमा ३ जना र मादी गाउँपालिकामा १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुमा पोखरा–१९ तल्लाकोट टारीका ४६ वर्षीय कुलबहादुर परियार, उनका श्रीमती ४३ वर्षीय मनकुमारी परियार, आमा ८५ वर्षीय लक्ष्मी परियार, छोरी १५ वर्षीय प्रशना परियार, छोरी चितवन घर भएकी प्रभा परियार, ज्वाँइ २५ वर्षीय अस्मित परियार र छिमेकी ५६ वर्षीय राधिका परियार रहेका छन् ।पहिरोमा परेकी छोरी प्रभा र ज्वाँइ अस्मित चितवनबाट ससुराली पोखरा आएका थिए भने छिमेकी राधिका उद्धारमा गएका बेला लडेर मृत्यु भएको कास्की प्रहरीले जानएको छ । पहिरोमा परेर मृत्यु भएकी राधिकाको छोरा ३१ वर्षीय कुमार परियार र मृतक कुलबहादुरका छोरा १७ वर्षीय पवन परियार घाइते छन् । उनीहरुको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।पहिरोले घर बगाउँदा पोखरा– ३२ चैनपुर बाह्रबिसेमा ३ जनाको मृत्यु भएको छ।गएराती करिब सवा २ बजे पहिरोले घर पुरिएर ४० वर्षीय आरती ओझाको घर पुरिँदा ३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा आरतीका ११ वर्षीय छोरी अनुष्का ओझा, १८ वर्षीय अनिता ओझा र आरतीका दाइका छोरा ९ वर्षीय प्रतिक सुवेदी रहेको एसपी थापाले जानकारी दिए ।पहिरोमा परेकीआरती घाइते छिन्। उनको पनि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।कास्कीकै मादी गाउँपालिका–११ मा तल्लाकोट चाप्लेमा पहिरोले घर पुरिँदा ८० वर्षीय मैतकुमारी गुरुङको मृत्यु भएको छ । उनका छोरा ५५ वर्षीय ओमबहादुर गुरुङको भने सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ।


लुम्बिनी चिन्तन

थप समाचार