Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

यज्ञोदय क्याम्पसकाे मतदान सम्पन्न, मतगणना हुदै


  • लुम्बिनी चिन्तन
  • चैत्र २१, २०७७ शनिवार
  • 890
    SHARES

यज्ञोदय क्याम्पसकाे  मतदान सम्पन्न, मतगणना हुदै

फर्साटिकर । रुपन्देहीको शुद्दोधन गाउपालिका -३ रमवापुर स्थित यज्ञोदय दुधनाथ थारु बहुमुखि क्याम्पसको छैठौं अधिवेशन अन्तरगत शनिवार निर्वाचन सम्पन्न भएकााे छ।निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न भएको निर्वाचन अधिकृत भिम प्रसाद सापकोटाले बताए ।निर्वाचनमा गोविन्द घिमिरे र   रमेश खनाल गरि दुई प्यानल रहेको थियो ।विहान ८ बजेदेखि शुरु भएको मतदान साझ ५ बजेसम्म चलेको थियोे । कुल मतदाता( आजिवन सदस्य ) ९६६ जनामध्य  ८५१ जनाले मतदान गरेका थिए अर्थात ८८.५१% मतदान भएको थियो ।

शनिबार राती ८ बजेदेखि मत गणना कार्यक्रम शुरु हुने र आइतबार बिहान १० बजेसम्म मत परिणाम सार्वजनिक हुने निर्वाचन अधिकृत भिमप्रसाद सापकोटाले जानकारी दिए ।


लुम्बिनी चिन्तन

थप समाचार