Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

२४ घण्टामा पहिरोका कारण १५ जनाको मृत्यु


  • लुम्बिनी चिन्तन
  • आषाढ २८, २०८१ शुक्रवार
  • 404
    SHARES

२४ घण्टामा पहिरोका कारण १५ जनाको मृत्यु

भैरहवा, असार २८ । पछिल्लो २४ घण्टामा नेपालमा पहिरोका कारण १५ जनाको मृत्यु भएको छ । शुक्रबार सिंहदरबारमा बसेको विपद् सम्बन्धी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सडक विभाग, यातायात व्यवसायी लगायतका सम्बन्धित निकायहरुसँग छलफल भएको हो । बैठकमा गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले बिहीबारदेखि शुक्रबार दिउँसोसम्म कास्कीमा ११ जना, म्याग्दी २ जना, चितवनमा १ जना गरी कुल १५ जनको मृत्यु भएको जानकारी दिए । साथै काठमाडौँबाट गौर र वीरगन्जबाट काठमाडौँ आउने दुई वटा रात्रि बस पहिरोले बगाएको सो बसमा रहेकाहरूको बारेमा खोजी जारी रहेको बताए । उनले बसमा कति सवारी थिए भन्ने यकिन तथ्याङ्क नभएकाले अहिलेसम्म विवरण प्राप्त हुन नसकेको बताए । यसैबिच शुक्रवार सिंहदरबारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सडक विभाग, यातायात व्यवसायी लगायतका सम्बन्धित निकायहरुबिच  विपद् सम्बन्धी छलफल भएको छ । साथै उनले यातायात व्यवसायी, केन्द्र सरकार र प्रदेश सरकार एवं स्थनीय सरकारले पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन आग्रह गरे । उनले टिकट नलिइकन यात्रा गर्न नदिन र यात्रुले पनि टिकट नलिकन यात्रा नगर्न आग्रह गरे । उनले सुरक्षा बलले पनि बसहरुको विभिन्न ठाउँमा चेकजाँच गर्न आग्रह गरे ।


लुम्बिनी चिन्तन

थप समाचार